डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौँ आइपुगेको छ ।
आधिकारिक कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने नीति लिएको ट्रम्प प्रशासनले १० नेपालीलाई चार्टर विमानबाट नेपाल पठाएको हो । नेपाल सरकार तथा सम्बन्धित निकायहरूको समन्वयमा अमेरिकी अधिकारीहरूले ती नेपालीलाई स्वदेश फर्काएका हुन्। विहान करिब १० बजे जीआरपी-२३ विमानबाट अवतरण भएका ती नेपालीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले नियन्त्रणमा छन्। उनीहरुलाई आवश्यक सोधपुछपछि आ-आफ्नो ठाउँमा जान दिइने व्युरोले बताएको छ ।
ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ ।
निम्न नेपालीहरु:-
१.दिपक खतिवडा
२. टोप घर्ति
३. कमल ओली
४. राम चौधरी
५. मोहन गौतम
६.लक्षिमान कट्टेल
७. सुकुमार पुन मगर
८. सुष्मा घर्ति
९. सिताराम केसी
१०. हिमाल बिक
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस