Like us!
Follow us!
Connect us!
Watch us!

एयरपोर्टमा खादामाला नलगाई आउनु, एयरपोर्टको सुन्दरता बिगार्‍यो: विमानस्थल

अर्थ संसार

विहीबार, २७ भदौ २०८१, १४ : २९ मा प्रकाशित

एयरपोर्टमा खादामाला नलगाई आउनु, एयरपोर्टको सुन्दरता बिगार्‍यो: विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले खादा, माला नलगाइ आउन यात्रुहरुलाई आग्रह गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेश जाने यात्रुहरु खादामाला नलगाई आउन आग्रह गरेको हो ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा हवाई यात्रुलाई परिवारका सदस्य तथा आफन्तले बिदाइ स्वरूप खादामाला लगाउने गरिएको छ।

‘हवाई यात्रुले लगाएर आउने खादामाला वा झोलामा बाँधेर ल्याउने खादाले सुरक्षा जाँचका क्रममा विमानस्थलका सुरक्षा उपकरणहरूमा गम्भीर क्षति पुर्‍याइरहेको छ,’ कार्यालयले बिहीबार निकालेको अपिलमा भनिएको छ, ‘यसले विमानस्थलको सौन्दर्यतामा पनि नकारात्मक असर पुगेको छ।’

कार्यालयले टर्मिनल भवन प्रवेश दौरान सुरक्षा जाँचका समयावधिभर खादामाला प्रयोग नगर्न पनि आग्रह गरेको छ। हवाई यात्रुले खादामाला सँगै लैजाने हो भने आफ्नो झोलाभित्र राखेर लैजान सक्ने पनि कार्यालयले जनाएको छ। यसैगरी यात्रुहरुले खादा तथा मालाहरु विमानस्थलका विभिन्न क्षेत्रहरुमा छाडी जाने समेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको विमानस्थलको भनाइ छ । 

खादामाला एक्स-रे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किने गरेको र त्यसले उपकरणलाई गम्भिर क्षति पुर्‍याएको दाबी कार्यालयको छ। गत भदौ १४ गते विमानस्थलमा सुरक्षा जाँचमा खटिएका प्रहरीले विदेश जान घर परिवार तथा आफन्तहरूबाट बिदाइ भएका एक यात्रुलाई खादा खोल्न लगाएका थिए। सो विषय आलोचनासमेत भएको थियो।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको