Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले सेयर बजार चलाउँदैन, लगानीकर्ताकाे हित चाहन्छ : डा. डिल्लीराम पोखरेल

अर्थ संसार

बुधबार, २४ साउन २०८०, १३ : ५३ मा प्रकाशित

आर्थिक वृद्धिको लागि जुन जुन कुरामा मौद्रिक नीतिले फोकस गर्नुपर्थ्यो त्यही कुरालाई प्राथमिकतामा राखेर मौद्रिक नीति आएको नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डा. डिल्लीराम पोखरेल बताउँछन् । अर्थ संसारको नियमित कार्यक्रम अर्थ संसार विशेषमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

विशेषगरी सेयर बजार र जग्गालाई मौद्रिक नीतिले सम्बोधन गरिनुपर्ने एकदमै ठूलो माग रहँदा रहँदै पनि किन सम्बोधन गरिएन भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, 'अब जहाँसम्म सेयर बजारको कर्जाको कुरा छ वास्तवमा सेयर बजारमा राष्ट्र बैंकले डाइरेक्ट्ली हात हाल्ने पनि हैन र हुँदैन पनि । सेयर बजारको रेगुलेटर अर्कै छ । तर सेयर बजारसँग सम्बन्धित लोन बैंक वित्तीय संस्थाबाट जाने भएकाले बैंक वित्तीय संस्थाहरूको लोन चाहीँ काहीँ गएर नफसोस् अथवा त्यो लोनको कारणले चाहीँ वित्तीय क्षेत्रको स्थायित्व खलल नपरोस् भनेर राष्ट्र बैंकले त्यस्तो किसिमको लोनको रिस्क वेट बढी गरेको हो । तर डाइरेक्ट्ली बजारलाई नै असर गर्ने गरी चाहीँ राष्ट्र बैंकले त्यो पोलिसी बनाएको हुँदैन । किनभने यसको रेगुलेटर अर्कै हुन्छ । हाम्रो कन्सर्न भनेको फाइनान्सियल स्टाबीलीटी हो ।'

उनले थपे, 'कतिपय प्रश्नहरू पनि आउँछन् राष्ट्र बैंकले किन सेयर बजार चलाको ? सेयर बजार चलाउँदैन राष्ट्र बैंकले, राष्ट्र बैंकले त बैंक वित्तीय संस्थाबाट जाने सबै किसिमका लोनहरूलाई हेर्छ । सबै किसिमका लोनलाई एउटै क्याटागोरीमा राखिँदैन र सबैको रिस्क एउटै नहुने हिसाबले अलिकति टाइट (Tight) गर्न खोज्या होला । तर बजारलाई प्रभाव पार्ने अथवा बजारबाट साना–तिना लगानीकर्ताहरूलाई जो त्यहाँबाट अर्न (Earn) गरिरहनुभाथ्यो उहाँहरूलाई टार्गेट (Target) गरेर बनाको पोलिसी हुँदैन ।'

डा. डिल्लीराम पोखरेलसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको