Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको भदौ ८ देखि हकप्रद खुला हुने,६५.५२ करोडको आंशिक ऋण तिर्ने र १२० करोड लगानी गर्ने

अर्थ संसार

विहीबार, २५ साउन २०८०, ०८ : १७ मा प्रकाशित

अरुण काबेलीको भदौ ८ देखि हकप्रद खुला हुने,६५.५२ करोडको आंशिक ऋण तिर्ने र १२० करोड लगानी गर्ने

असोज २३ गतेदेखि व्यापारिक उत्पादन तथा विद्युत बिक्री सुरु गरेको अरुण काबेली पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने मिति तय गरेको छ। कम्पनीले  भदौ ८ गतेदेखि हकप्रद खुला गर्ने भएको हो। 

कम्पनीले आफ्नो चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्काशन जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट प्राप्त गरेको थियो। जस अनुसार अनुसार कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्काशनलाई मिति तय गरेको हो। 

हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ।

हकप्रदको जानकारी 

क-कसले भर्न पाउँछन ?

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि असार २५ गते बुकक्लोज गरेको थियो । त्यसैले, असार २४  गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् ।

कहिलेसम्म भर्न पाइन्छ?

भदौ ८ गतेबाट निष्कासन गरिने उक्त हकप्रद सेयरमा भदौ २८ गतेसम्म आवेदन दिन पाइनेछ ।

रेटिङ कति ?

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत सुरक्षित रहेको संकेत गर्दछ।

को हो बिक्री प्रबन्धक?

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

कहाँबाट दिने आवेदन?

कम्पनीको हकप्रदमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट, अरुण काबेली पावर, हिमालयन बैंक र नबिल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

हकप्रदको रकमलाई प्रयोग केसमा 
हकप्रद सेयर निष्काशनबाट संकलन भएको रकममा ६५ करोड ५२ लाख रुपैयाँ काबेली बि १ जलविद्युत आयोजना निर्माणका लागि बैंकबाट लिएको दीर्घकालिन ऋण आंशिक तिर्न र १२० करोड रुपैयाँ काबेली इनर्जी लिमिटेडले निर्माण गरिरहेको काबेली ए जलविद्युत आजानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको