Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड

अर्थ संसार

विहीबार, २५ साउन २०८०, १५ : ५३ मा प्रकाशित

विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७९–२०८० मा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष ०७९–८० को अपरिस्कृत वित्तीय विवरणअनुसार प्राधिकरणले १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलनमा बोल्दै जानकारी दिएका हुन् ।

गत आर्थिक वर्षमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरूको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको उनको भनाइ थियो ।

यस्तै, प्राधिकरणले विद्युतीय सामाग्री बिक्री गरेर करिब एक खर्ब १८ अर्ब रुपैयाँ आम्दानी गरेको घिसिङले बताए । दुई वर्षअघि करिब ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर झण्डै एक खर्ब पुगेको हो । उनका अनुसार प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको