Like us!
Follow us!
Connect us!
Watch us!

को होलान् धितोपत्र बोर्डमा नक्कली सर्टिफिकेट भएका कर्मचारी ?

अर्थ संसार

शुक्रबार, २६ साउन २०८०, १७ : ५२ मा प्रकाशित

को होलान् धितोपत्र बोर्डमा नक्कली सर्टिफिकेट भएका कर्मचारी ?

अहिले जताततै नक्कली सर्टिफिकेटको चर्चा चलिरहेको छ । ठूला दलका नेता, डाक्टर, सांसददेखि प्रतिष्ठित पदमा बसेका व्यक्तिहरूको नक्कली सर्टिफिकेटको छानबिन धमाधम भइरहेको छ ।

यसैबीच पूँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पनि नक्कली सर्टिफिकेट भएका कर्मचारी कार्यरत रहेका खुलासा भएको छ । स्वयंम धितोपत्र बोर्डका पूर्व अध्यक्षले सो खुलासा गरेका हुन् ।

नक्कली सर्टिफिकेटको बारेमा चारैतिर चर्चा परिचर्चा भइरहँदा सेबोनका पूर्व अध्यक्ष शुरविर पौड्यालले आफ्नो सामाजिक सञ्जाल फेसबूकमा यसै विषयमा एक स्टाटस लेखेका छन् । उनले लेखेका छन्, "डाक्टर मात्रै किन? कर्मचारीहरू पनि थुप्रै नक्कली सर्टिफिकेटवाला छन् । एकजना त नेपाल धितोपत्र बोर्डमा पनि थियो र भारतबाट उसको सर्टिफिकेट नक्कली भएको प्रमाणित भएर अख्तियारमा आयो पनि । तर राजनीति शक्तिको आडमा उसको जागिर जोगियो उसले अझै जागिर खादैछ कि सेवा निवृत भएर गयो जानकारी छैन ।"

आखिर को होलान् धितोपत्र बोर्डमा नक्कली सर्टिफिकेट भएका कर्मचारी ? सम्बन्धीत निकायले अब यस विषयमा छानबिन गर्नुपर्ने भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको