Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफले वित्तीय विवरण मार्फत दियो लयमा फर्केको संकेत, अधिकांश सूचकमा सुधार,एक खर्ब ६३ अर्बको जीवन बीमा कोष

अर्थ संसार

आइतबार, २८ साउन २०८०, १० : ४० मा प्रकाशित

नेपाल लाइफले वित्तीय विवरण मार्फत दियो लयमा फर्केको संकेत, अधिकांश सूचकमा सुधार,एक खर्ब ६३ अर्बको जीवन बीमा कोष

 नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।वित्तिय विवरण अनुसार कम्पनीले आफ्नो पछिल्लो अवस्था भन्दै निकै सुधार गरेको छ। 

खुद नाफा 
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ६७ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनी ३५ करोड २७ लाख रुपैयाँ खुद नोक्सानीमा थियो ।
 
खुद बीमा शुल्क

समीक्षा अवधिसम्म नेपाल लाइफले ३६ अर्ब ६२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष सोहि अवधिसम्म कम्पनीले ३४ अर्ब ९८ करोड रुपैयाँ आर्जन गरेको थियो।

जीवन बीमा कोष

जीवन बीमा कोषमा १ खर्ब ६३ अर्ब रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब रुपैयाँ थियो । कोष १९ दशमलव ७६ प्रतिशतले बढेको छ ।

जगेडा कोष

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६४ करोड ९७ लाख रहेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २८ करोड  ८३ लाख रहेको जगेडा कोष १२५ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ । 

खुद दाबी भुक्तानी

कम्पनीले गत आर्थिक वर्ष  १५ अर्ब ४३ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १४ अर्ब १६ करोडको दाबी भुक्तानी भएको थियो । कम्पनीले अझै १ अर्ब ३८ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

चुक्ता पूँजी 

 ८ अर्ब २० करोड पुगेको छ

प्रति सेयर आम्दानी

८ रुपैयाँ २२ पैसा

पीई रेसियो

९०.५५ गुणा

प्रति सेयर नेटवर्थ
११८ रुपैयाँ ८४ पैसा 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको