Like us!
Follow us!
Connect us!
Watch us!

सूचिकृत कम्पनीको नकारात्मक वित्तीय विवरणले प्रभावित भयो सेयर बजार

अर्थ संसार

मंगलबार, ३० साउन २०८०, १५ : ०८ मा प्रकाशित

सूचिकृत कम्पनीको नकारात्मक वित्तीय विवरणले प्रभावित भयो सेयर बजार

आज श्रावण ३० । आज नेप्सेमा सूचिकृत थुप्रै कम्पनीहरूले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरे । अधिकांश कम्पनीको वित्तीय विवरण नकारात्मक अझ भनौँ खासै राम्रो देखिएन । सूचीकृत कम्पनीहरूको नकारात्मक वित्तीय विवरणले आज सेयर बजार प्रभावित भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा झरेकाे छ । नेप्से १.५३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.२९ अंकले घटेर ३९१.८४ विन्दुमा पुगेकाे छ । 

कूल २७८ वटा कम्पनीकाे ५६ लाख ३ हजार एक सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३ सय ६९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड अर्थात् सामूहिक लगानी काेष समूह बढ्दा बाँकी सबै उपसमूहकाे सूचक घटेको छ । 

त्यसैगरी, मंगलबार हिमालयन डिष्टीलरी कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २० कराेड ५५ लाख ९४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज इमर्जिङ नेपाल कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ५.१८ प्रतिशतले बढेर एक हजार १६ रूपैयाँ पुगेकाे छ । 

यस दिन हिमालयन डिष्टीलरी कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.६९ प्रतिशतले घटेर २ हजार १७ रूपैयाँमा झरेकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको