Like us!
Follow us!
Connect us!
Watch us!

बजार ओरालो यात्रामै, भदौको ब्याजदर कुर्दै लगानीकर्ता

अर्थ संसार

बुधबार, ३१ साउन २०८०, १५ : १० मा प्रकाशित

बजार ओरालो यात्रामै, भदौको ब्याजदर कुर्दै लगानीकर्ता

आज बुधबार पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएकाे छ । नेप्से परिसूचकसँगसँगै काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ ।

यतिबेला लगानीकर्ताहरू 'पर्ख र हेर' काे अवस्थामा छन् । अझ अहिले लगानीकर्ताहरू भाद्र महिनाकाे ब्याजदर कुरेर बसेका छन् । एकातिर भाद्र महिनामा ब्याजदर बढ्ने हल्ला बजारमा चलिरहेकाे छ अर्काेतिर बजारमा कर्जा प्रवाहकाे अवस्थाले ब्याजदर घट्नुपर्ने देखाउँछ र अर्थमन्त्री स्वयंमले पनि ब्याज घटाउन जाेड दिएका छन् । यस्ताे अवस्थामा लगानीकर्ताहरूले अहिले के गर्ने भनेर ठाेस निर्णय लिन सकेका छैनन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५.१२ विन्दुमा झरेकाे छ । नेप्से ०.९९  प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.५४ अंकले घटेर ३८६.३० विन्दुमा पुगेकाे छ ।

 

कूल २६९ वटा कम्पनीकाे ४८ लाख ३८ हजार एक सय ६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६७ करोड ९९ लाख ८० हजार ६ सय २३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १३ वटै उपसमूहकाे सूचक घटेको छ । सबैभन्दा धेरै हाइड्राे समूह घटेकाे छ ।

त्यसैगरी, बुधबार पनि हिमालयन डिष्टीलरी कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ८ कराेड ४१ लाख ५० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज सनराइज फाेकस्ड इक्विटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । उक्त फण्डकाे मूल्य ४ प्रतिशतले बढेर ८ रूपैयाँ ३२ पैसा पुगेकाे छ । 

यस दिन माउन्टेन हाइड्राेपावरकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.०६ प्रतिशतले घटेर एक सय ९४ रूपैयाँमा झरेकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको