Like us!
Follow us!
Connect us!
Watch us!

अपर तामाकोशीको हकप्रद भर्ने होइन ? भदौ १८ गतेदेखि खुल्दै

अर्थ संसार

विहीबार, ३२ साउन २०८०, १० : ४० मा प्रकाशित

अपर तामाकोशीको हकप्रद भर्ने होइन ? भदौ १८ गतेदेखि खुल्दै

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । 

कम्पनीले भदौ १८ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे । कम्पनीले १ : १ को अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएकाे हाे ।

क-कसले भर्न पाउँछन् ?

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि साउन २६ गते बुकक्लाेज गरेकाे थियाे । त्यसैले, साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् । 

कहिलेसम्म भर्न पाइन्छ ?

भदौ १८ गतेदेखि निष्कासन गरिने उक्त हकप्रद सेयरमा असोज ७ गतेसम्म आवेदन दिन पाइनेछ ।

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा  सनराइज क्यापिटल लिमिटेड र नागरिक लगानी काेषलाई नियुक्त गरेकाे छ ।

कहाँबाट दिने आवेदन ?

कम्पनीकाे हकप्रदमा बिक्री प्रबन्धक सनराइज क्यापिटल तथा नागरिक लगानी काेषकाे कार्यालय र अपर तामाकाेशीकाे रजिष्टर्ड कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको