Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरकोे वित्तीय अपडेट : नाफा ९३.५८ प्रतिशतले घट्याे, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

विहीबार, ३२ साउन २०८०, १२ : ५३ मा प्रकाशित

अपि पावरकोे वित्तीय अपडेट : नाफा ९३.५८ प्रतिशतले घट्याे, कस्ता छन् अन्य सूचक ?

अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नाफा

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ९३.५८ प्रतिशतले घटेर ६८ लाख ९ हजार रुपैयाँमा सिमित भएकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले १० करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

विद्युत बिक्री आम्दानी

कम्पनीकाे विद्युत् बिक्रीबाट हुने आम्दानी पनि घटेर ४४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ । उक्त अघिल्लाे वर्षकाे तुलनामा १३.८७ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५१ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कुल खर्च

समीक्षा अवधिमा कम्पनीको कुल खर्च ९.८८ प्रतिशतले बढेर ३६ कराेड २१ लाख ८४ हजार रूपैयाँ पुगेकाे छ ।

कर्मचारी खर्च

चाैथाे त्रैमाससम्म कम्पनीकाे कर्मचारी खर्च पनि १५८.२७% बढेर २ करोड २ लाख ४६ हजार रुपैयाँ भएको छ ।

चुक्ता पूँजी

कम्पनीकाे चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँ रहेकाे छ ।

अन्य इक्विटी

कम्पनीको अन्य इक्विटीमा १६ करोड २२ लाख रुपैयाँ सञ्चित छ ।

ईपीएस

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) २ रुपैयाँ ६० पैसाले घटेर १६ पैसामा सिमित रहेकाे छ ।

कम्पनीकाे प्रतिसेयर नेटवर्थ

कम्पनीकाे प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ९३ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको