Like us!
Follow us!
Connect us!
Watch us!

देशको वर्तमान आर्थिक स्थिति कस्तो छ ? प्रमुख झलक हेर्नुहोस्

अर्थ संसार

शुक्रबार, ०१ भदौ २०८०, १३ : ४४ मा प्रकाशित

देशको वर्तमान आर्थिक स्थिति कस्तो छ ? प्रमुख झलक हेर्नुहोस्

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्बन्धी गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्याङ्क सार्वजनिक गरेकाे छ । 

राष्ट्र बैंककाे रिपाेर्ट अनुसार मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । आयात १६.१ प्रतिशतले घट्दा निर्यात पनि २१.४ प्रतिशतले घटेकाे छ । अघिल्लाे वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेकाे थियाे ।   

नेपाल भित्रिने रेमिट्यान्स पनि २१.२ प्रतिशतले बढेकाे छ । यता शोधनान्तर स्थिति पनि २९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु. २५५ अर्ब २६ करोडले घाटामा रहेको थियो ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

प्रमुख झलक हेर्नुहाेस् :

- वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ ।

- आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको थियो ।

- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.२ प्रतिशत र अमेरिकी डलरमा १२.१ प्रतिशतले बढेको छ ।

- शोधनान्तर स्थिति रु.२९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु. २५५ अर्ब २६ करोडले घाटामा रहेको थियो ।

- कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

- विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ ।

- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ ।

- २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४७ खर्ब ९७ अर्ब पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको