Like us!
Follow us!
Connect us!
Watch us!

आज नागपञ्चमीः यस कारण घर-घरमा नागको पूजा गरिन्छ

अर्थ संसार

सोमबार, ०४ भदौ २०८०, ०८ : ०३ मा प्रकाशित

आज नागपञ्चमीः यस कारण घर-घरमा नागको पूजा गरिन्छ

साउन शुक्ल पञ्चमीका दिन नाग, सर्पको चित्र वा कपासको आकार बनाएर नागपूजा गरिँदैछ । साउने झरीले दलदल भएको जमिनको भित्रिभागबाट घस्रेर हिँड्ने सरिसृप विषालु यी नाग/सर्प जमिन बाहिर आउने भएकाले यसप्रति सचेतता अपानाउन पनि यो तिथिमा नागको पूजा गरिएको हो भनिन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमास अनुसार भदौमा यो पर्व परेको हो । नागको तस्विर वा कपासको आकृति बनाई घरको मूलढोका तथा पानीका स्रोतमा अर्चना गर्ने गरिन्छ ।

शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कट, शङ्ख, पद्म र महापद्म गरी आठ नागको विशेष वर्णन गरिएको छ । ज्योतिषीका अनुसार जन्मकुण्डलीमा सर्पयोग परेकाले यो दिन नागको पूजा अर्चना गर्दा राम्रो हुन्छ ।

काठमाडौँ भचाखुशीको घोडेनाग, सुन्धारा टुँडिखेलको मीननाग, गल्कोपाखा दक्षिण ठमेलको हरिनाग, इटुम्वहालको जलनाग, टेकू दोभानको टेकुनाग, थानकोटपारी नागढुङ्गा, धापाखेलको नागदह, चोभारपारी टौदह, नक्साल र महाराजगञ्जको नागपोखरी र पशुपतिनाथको आभूषण वासुकी नाग र रातोमच्छिन्द्रनाथको आभूषण कर्कोटक नागमा पूजा अर्चना गरेर मनाउने चलन छ ।

बहिरा भनिएका पशुपतिनाथका आभूषण वासुकी नागलाई यसैदिन पुजारीद्वारा थाल ठटाएर रातभर जागा गराउने गरिँदै आएको छ ।नक्साल नागपोखरीमा रहेको नागपोखरीमा सधैँ झैँ स्थानीय युवाबाट धार्मिक उत्सव आयोजना भएको स्थानीय बताउछन् ।

शेषनागमाथि रहेर जलसयनीमा रहनु भएका विष्णुका नागलाई दर्शन गर्न नारायण स्थान पुग्ने पनि योदिन हुन्छन् । दुवो अक्षता दूधले अर्चना गरेर कपुर धुँवााधार गर्दै नागको पूजन गर्दा पाँच इन्द्रियसहित शरीर र मनमा नाग दोष लाग्दैन भनिन्छ । इनार, कुवा, पानी पँधेरोमा नागको वास हुन्छ भनिन्छ, यसै दिन यसै अवसरमा इनार कुवा कुण्ड धारा लगायतका पानीका स्रोत मुहानमा पनि अर्चना गरिन्छ ।

महलाई सर्प वा नागको सत्रुका रुपमा लिइन्छ, महको थोपाले नै सर्प वा नाग टुक्राटुक्रा हुने भएकोले नागपूजाका दिन मह प्रयोग नगर्नु भन्ने मान्यता पनि छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको