Like us!
Follow us!
Connect us!
Watch us!

के फाइनान्स कम्पनीका दोस्रो बजार मूल्यलाई ईपीएसले साथ दिएको छ ?

अर्थ संसार

मंगलबार, ०५ भदौ २०८०, ०९ : ४८ मा प्रकाशित

के फाइनान्स कम्पनीका दोस्रो बजार मूल्यलाई ईपीएसले साथ दिएको छ ?

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई प्रतिसेयर आम्दानी भनिन्छ । फाइनान्स कम्पनीले चौथो त्रैमासमा सार्वजनिक गरेको मध्य प्रतिसेयर आम्दानी (ईपीएस) को आधारमा मञ्जुश्री फाइनान्स सबैभन्दा अब्बल देखिन्छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा ईपीएस २१.५७ रुपैयाँ पुगेको हो । जुन बजारमा सूचीकृत फाइनान्स कम्पनीमध्ये राम्रो हो ।

यस्तै, ईपीएसमा गोर्खाज फाइनान्स दोस्रो राम्रो कम्पनी बनेको छ । यस कम्पनीको ईपीएस १८.०६ रुपैयाँ छ । यस्तै आईसीएफसीको १३.९६ रुपैयाँ, पोखराको ११.३७ रुपैयाँ, गुडविल फाइनान्सको ९.६२ रुपैयाँ, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको  को ६.६८ रुपैयाँ, गुहेश्वरी मर्चेन्टको ५.५३ रुपैयाँ,बेष्ट फाइनान्सको ४.५२ रुपैयाँ,सेन्ट्रल फाईनान्सको ३.६६ रुपैयाँ, नेपाल फाइनान्सको ३.५३रुपैयाँ,मल्टीपर्पस फाइनान्सको १.३३ र जानकी ११.८५ को ०.६ रुपैयाँ ईपीएस रहेको छ। 

चौथो त्रैमासमा खराब विवरण सार्वजनिक गरेर प्रति सेयर आम्दानी ऋणामक राखेका कम्पनीहरु सम्वृद्धि फाइनान्स, रिलायन्स फाइनान्स र प्राेग्रेशिभ फाइनान्स रहेका छन्। यिनका ईपीएस क्रमसः -९.७५, -१३.७४ र -३४.२२ रुपैयाँ रहेको छ।

दोस्रो बजारमा कारोबार भैरहेको मुल्य र ईपीएस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको