Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ क्यापिटल तथा नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स बीच व्यवसायिक सहकार्य सहमति

अर्थ संसार

मंगलबार, ०५ भदौ २०८०, ११ : ३९ मा प्रकाशित

मुक्तिनाथ क्यापिटल तथा नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स बीच व्यवसायिक सहकार्य सहमति

मर्चेन्ट बैंकिङ्ग कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेड तथा नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा आज हस्ताक्षर भएको छ । मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  कविन्द्र ध्वज जोशी तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलबाट हस्ताक्षरित सहमतिपत्र आज आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो । 

उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम मुक्तिनाथ क्यापिटल लिमिटेडले गुरु ट्राभल्स लिमिटेडका सेवाग्राहीहरुका लागि डिम्याट खाता सञ्चालन र लगानी व्यवस्थापन सेवा लगायतका आफ्ना सेवाहरुमा विशेष छुट प्रदान गर्ने तथा गुरु ट्राभल्स लिमिटेडले क्यापिटलका हितग्राही खातावालाहरु (Demat Account Holders) तथा लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुलाई ट्राभल्स सेवा अन्तर्गत युरोप, एशिया तथा अन्य गन्तव्यका प्याकेजहरुमा विशेष छुट तथा सुविधाहरु प्रदान गर्ने सहमति भएको छ ।

व्यवसायिक सहकार्यका अतिरिक्त सामाजिक अभियानहरु तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ । 

समारोहमा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृतले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखे । समारोहमा दुईवटै संस्थाका वरिष्ठ कर्मचारीहरुका उपस्थिति रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको