Like us!
Follow us!
Connect us!
Watch us!

साक्षी बसेकै आधारमा एक करोड ६० लाखको सम्पत्ति मिटरव्याजीको कब्जामा

अर्थ संसार

बुधबार, ०६ भदौ २०८०, १६ : ४५ मा प्रकाशित

साक्षी बसेकै आधारमा एक करोड ६० लाखको सम्पत्ति मिटरव्याजीको कब्जामा

झापाका मिटरव्याजी लिला राई, मुलुकसिंह राई र शोभा राईबाट पीडितहरुले न्याय नपाएको गुनासो गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मिटरव्याजीहरुले आफूहरुलाई निरन्तर पीडा दिइरहँदा पनि सरकारले न्याय दिन नसकेको गुनासो पोखेका हुन् । 

रमेश शर्मा र सौरभ शर्मा बाबुछोरा हुन् । सौरभका साथी चन्दन जिन्दालले व्यवसाय गर्नका लागि ऋण खोजेपछि उनले मिटरव्याजी लिला, मुलुकसिंह र सोभाको समूहलाई भेटाइदिए । जिन्दालले उनीहरुबाट २२ लाख रुपैयाँ लिएको सौरभको दाबी छ । ऋण लिएका जिन्दाल कोभिड महामारीको समयमा व्यवसाय छोडेर भागेपछि शर्माको परिवारलाई उनीहरुले निरन्तर धाकधम्की दिएर एक करोड ६० लाखको सम्पत्ति कब्जा गरेको सौरभले बताए ।

उनीहरुले साक्षी बसेको आधारमा सौरभलाई जेलमा पुर्याएपछि रमेशले ९० लाखको घर र बाँकी नगद गरेर एक करोड ६० लाख उनीहरुलाई दिएर छोरा छुटाएको बताए । उनीहरुलाई  एक करोड ६० लाख दिने क्रममा ऋण लिएका चन्दन जिन्दाललाई भेटाइदिएपछि उक्त सम्पत्ति फिर्ता गर्ने सहमति कागज भएको रमेशले बताए । वकिल राखेर पैसा तिर्ने बेला उक्त सहमति कागज गराएको उनको भनाई छ । पछि चन्दनलाई भेटाइदिए पनि उसलाई नचिन्ने भन्दै मिटरव्याजीहरु पन्छिए र आफ्नो सम्पत्ति कब्जा गरेको उनले बताए । 

सौरभका अनुसार चन्दनलाई पनि उनीहरुले मुद्दा हालेर जेलमा पुर्याका छन् । चन्दनले २२ लाखमात्रै लिएको भएपनि उनलाई जबरजस्ती साढे चार करोडको कागज गराइएको सौरभले बताए । 

लिला, मुलुकसिंह र सोभाबाटै पीडत हर्कधन लिम्बुले खाली चेकमा सही गराएर आफूलाई फसाइएको बताए । घरायसी कामकाजका लागि आफूले उनीहरुबाट ८३ लाख ऋण लिएको हर्कले बताए । ८३ लाख ऋण लिएकोमा पटक–पटक गरेर ६५ लाख फिर्ता गरेपनि उनीहरुले धाकधम्की दिएर पाँच करोडको कागज गराएको उनको आरोप छ । 

उनले मिटरव्याजीहरुले आफूबाट खाली चेकमा सही गराएर लगेको पैसा र मिति आफैंले राखी चेक बाउन्स गराएको बताए । चेक बाउन्स मुद्दामा डेढ महिनासम्म थुनेको उनले बताए । आफूमाथि भएको अन्यायमा झापा जिल्ला प्रशासनमा उजुरी दिएपनि न्याय पाउन नसकेको उनको गुनासो छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको