Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब,६ महिनामै थपियो १ खर्बभन्दा बढी

अर्थ संसार

आइतबार, ०६ माघ २०८१, १३ : ३५ मा प्रकाशित

सरकारले  तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब,६ महिनामै थपियो १ खर्बभन्दा बढी

चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुससम्म) मा १ खर्ब २ अर्ब ३ करोड रुपैयाँले सरकारी ऋण बढेको छ । यससँगै गत पुस मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ कायम भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

'चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रहेकोमा पुस मसान्तसम्ममा १ खर्ब २ अर्ब ३ करोड रुपैयाँ थप वृद्धि भई कुल सार्वजनिक ऋणको दायित्व २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४४.४६ प्रतिशत हुन आउँछ,' कार्यालयको प्रतिवेदनमा भनिएको छ ।

कुल तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ३४ अर्ब ७१ करोड (जीडीपीको २१.६४ प्रतिशत) र बाह्य १३ खर्ब १ अर्ब ४१ करोड रुपैयाँ (जीडीपीको २२.८१ प्रतिशत) रहेको कार्यालयले बताएको छ ।

सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ४७ खर्ब ऋण उठाउने लक्ष्य राखेकोमा गत पुस मसान्तसम्ममा २ खर्ब ४० अर्ब ८ करोड ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको ऋण प्राप्ति ४३.८९ प्रतिशत हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको