Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरुको कर्जा प्रवाह : कृषि क्षेत्रमा १३ प्रतिशत, ऊर्जा क्षेत्रमा ९ प्रतिशत

अर्थ संसार

सोमबार, ३० असार २०८२, १२ : ५६ मा प्रकाशित

वाणिज्य बैंकहरुको कर्जा प्रवाह : कृषि क्षेत्रमा १३ प्रतिशत, ऊर्जा क्षेत्रमा ९ प्रतिशत

वाणिज्य बैंकहरुको कृषि क्षेत्रमा १३ प्रतिशत कर्जा लगानी गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा कुल कर्जाको १३.९ प्रतिशत कर्जा लगानी गरेको देखिएको हो । 

यो अवधिमा वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा ६ खर्ब ४७ अर्ब ८५ करोड रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यसैगरी ऊर्जा क्षेत्रमा वाणिज्य बैंकहरुले ९ प्रतिशत अर्थात ४ खर्ब १८ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छन् । त्यस्तै वाणिज्य बैंकहरुले लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा १०.५ प्रतिशत अर्थात ५ खर्ब ३ अर्ब ३९ करोड रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । 

विकास बैंकहरूले यो अवधिसम्ममा कृषि, लघु, घरेलु तथा साना उद्यम÷व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा कुल कर्जाको २६.४ प्रतिशत अर्थात १ खर्ब ३२ अर्ब ८८ करोड रुपैंयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा फाईनान्स कम्पनीहरूबाट भने १८.८ प्रतिशत अर्थात १९ अर्ब ६ करोड रुपैंयाँ कर्जा प्रवाह भएको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूबाट प्रवाह भएको कुल कर्जा मध्ये २०८१ चैत मसान्तमा औसत ५.६ प्रतिशत अर्थात २ खर्ब ६२ अर्ब २२ करोड रुपैंयाँ कर्जा विपन्न वर्गमा प्रवाह भएको छ । यसैगरी, विकास बैंकहरूबाट ७.१ प्रतिशत अर्थात ३६ अर्ब १७ करोड र फाईनान्स कम्पनीहरूबाट ५.५ प्रतिशत ५ अर्ब ६० करोड रुपैंयाँ कर्जा विपन्न वर्गमा प्रवाह भएको छ । नेपाल सरकारबाट ब्याज अनुदान प्रदान हुने सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत २०८२ जेठ मसान्तमा ९८ हजार ५२८ ऋणीलाई प्रवाह भएको कर्जामध्ये ८५ अर्ब १० करोड कर्जा बक्यौता रहेको रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको