Like us!
Follow us!
Connect us!
Watch us!

किन म्युचुअल फण्डमा गर्ने लगानी सुरक्षित मानिन्छ ?

अर्थ संसार

विहीबार, ०७ भदौ २०८०, ०९ : ४६ मा प्रकाशित

किन म्युचुअल फण्डमा गर्ने लगानी सुरक्षित मानिन्छ ?

नेपालको सेयरबजारमा पछिल्लो केहि दिन यता म्युचुअल फण्ड अर्थात सामुहिक लगानी कोषका ईकाइहरुमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको देखिन्छ । विभिन्न मर्चेन्ट बैंकहरुले जारी गरेका म्युचुअल फण्डहरुको मूल्य निरन्तर बढिरहेको देखिन्छ । 

नेपालका कतिपय म्युचुअल फण्डहरु त उनिहरुको न्याभको तुलना डिस्काउन्टेड मूल्यमा नै रहेकोले पनि म्युचुअल फण्डमा लगानीकर्ताहरु आकर्षित भएको देखिन्छ । अबको केहि समयमै करिब सबै म्युचुअल फण्डका योजनाहरुले लाभांश घोषणा गर्ने भएकाले १ बर्ष अघि सुरु भएका योजनाहरुमा लगानीकर्ताहरु आकर्षित भएका हुन् । 

अहिले बजारमा म्युचुअल फण्डको चर्चा भइरहँदा कतिपय नयाँ प्रबेश गरेका लगानीकर्ताहरुमा म्युचुअल फण्ड भनेको के हो यसमा कसरी लगानी गर्ने यसले कसरी प्रतिफल दिन्छ भन्ने अन्योलता देखिन्छ । 

साना र कम जोखिम मोल्ने लगानीकर्ताहरूलाई  ठूलो पोर्टफोलियोमा समावेश गरी विविध क्षेत्र र कम्पनीमा लगानीगर्ने कम्पनी भनेको म्युचुअल फन्ड हो।

म्युचुअल फन्ड एक सामूहिक लगानी कोष हो। यँहा लगानी गर्ने हरेक लगानीकर्ता कम्पनीको समूहको सदस्य बन्दछन। म्युचुअल फन्ड कम्पनीमा विवेकशील र सम्बन्धति क्षेत्रमा ज्ञान र अनुभवभएका व्यक्तिहरूले कम्पनी सञ्चालन गरेका हुन्छन।

यी कम्पनीहरूले लगानीका लागि निकै श्रम र समय खर्चेका हुन्छन जसकारण यी फन्डहरूले राम्रा प्रतिफलदिने, सम्भावित भएका एंवम सम्बन्धित क्षेत्रमा उत्कृषट प्रर्दशन गर्ने कम्पनीहरूमा लगानी गर्दछन्।

यी फन्डहरूले विविध क्षेत्रका कम्पनी, बन्ड, ऋणपत्र, सरकारी धितोपत्र, मुद्दती निक्षेप आदिमा लगानी गर्दछन्।दिगोरूपले नाफा आर्जनगर्ने उद्देश्यले लगानीगर्दा यी कम्पनीले प्रतिफलपनि राम्रै दिन्छन।

म्युचुअल फन्डको विश्लेषणमा प्रमुख आधार भनेको त्यस कम्पनीको कूल सम्पत्ति मूल्य (Net Assets Value) हो। यो सूचकले फन्डको सम्रग सम्पतिको मूल्याङ्कन गर्दछ।

कूल सम्पत्ति मूल्यलाई  कम्पनीको कूल युनिटले भाग गर्दा आउने अनुपातलार्इ कूल सम्पति मूल्य प्रति युनिट (Net Asset Value Per Unit) म्युचुअल फन्ड दुई प्रकारका हुन्छन्।

१. खुलामुखी फन्ड (Open Ended Fund) : खुलामुखी फन्डले कुनै बखतमा पनि लगानीकर्तालार्इ सेयर बिक्री गर्ने गर्दछ र लगानीकर्ताले बिक्री गर्न आएमा पुनस् खरिद गर्दछ।

यो फन्डको निश्चित समय तोकिएको हुँदैन। यस प्रकारको फन्ड नेप्सेमा सूचिकृत गरिएको हुँदैन जसकारण यो दोस्रो बजारमा किनबेच हुँदैन।

२, बन्दमुखी फन्ड (Close Ended Fund) : यस प्रकारको फन्डले एकचोटी सेयर जारी गरिसकेपछि निश्चित समय अविधिभर सो योजना अन्तर्गत अर्को सेयर जारी गर्दैन।

यस प्रकारको फन्ड नेप्सेमा सुचिकृत गरिएको हुन्छ र यो ब्रोकरमार्फत खरीदबिक्री गर्न सकिन्छ।

म्युचुअल फन्ड डिस्काउन्ट र प्रिमियम मूल्यमा पनि जारी गरिन्छ। प्रतियुनिट सम्पति मूल्यभन्दा धेरै मूल्यमा सेयर जारी गरियो भने त्यो प्रिमियममा जारी भएको बुझिन्छ।

त्यसको विपरीत यदी प्रतियुनिट सम्पति मूल्यभन्दा थोरै मूल्यमा सेयर जारी गरियो भने त्यो डिस्काउन्टमा जारी भएको बुझिन्छ।

म्युचुअल फन्डका केही विशेषताहरू :

१.लगानीमा विविधिकरण (Diversification In Investment) :   म्युचुअल फन्डको लगानी विविध क्षेत्रमा गरिएको हुन्छ जसले जोखिम न्युनिकरण गर्न मद्दत पुग्दछ।

२. तरलता (Liquidity) :  खुलामुखी फन्डका लगानीकर्ताले तोकिएको समय अविधिभरमा बिक्री गर्न सकिन्छ जुन प्रतियुनिट कूल सम्पति मूल्य (Net Assets Value Per Unit) कै बराबर हुने गर्दछ। यस्ता फन्ड तरल सम्पति हुन्।

३. लगानीको कुशल व्यवस्थापन (Proper Investment Management) : म्युचुअल फन्ड कम्पनीले लगानीगर्दा अनुभवी पोर्टफोलियो  व्यबस्थापकलाई अ‍ौपचारिक रूपले लगानीको जिम्मेवारी दिएका हुन्छन जसले वृहत खोज र अध्धयन गरी निर्णय गर्दछन्।

४.सरकारको नियमन तथा पार्दशिता (Government Convinience and Transperancy) :  म्युचुअल फन्डले सरकारी निति र कानुन बमोजिम कार्य गर्नुपर्दछ र सरकारले यस्ता कम्पनीको नियमन गर्दछ। आवश्यक परेमा सरकारले नितिनियम परिमार्जन एवम् बद्लाव गर्दछ। त्यसका साथै वित्तिय विवरण, आयव्यय विविरण जस्ता महत्वपूर्ण प्रतिवेदनको पार्दशिता निश्पक्ष रूपले यी कम्पनीले खुलासा गर्दछन्।

हाल निष्काशन तथा बिक्रीमा रहेको इकाई 

हाल हिमालयन ८०–२० को इकाईमा आवेदन खुला रहेको छ ।  साउन ३२ गते देखि निष्काशन तथा बिक्रीमा रहेको यस  फण्डको इकाईमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ।

यो फण्ड हिमालयन क्यापिटलले निस्कासन गरेको हिमालयन म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने पहिलो बन्दमुखी याेजना हो। नेपाली पुंजी बजारमा नविनतम लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरि उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यले हिमालयन बैंक लिमिटेड कोष प्रवद्धक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तगर्तको पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०” निष्काशन भएको हाे ।

क्यापिटलले १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाइ बिक्री गर्न लागेकाे हाे । निष्कासन गरिने कुल इकाईमध्ये १५ प्रतिशत अथवा १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा रहेको छ ।

कति गर्ने लगानी ?

याे फण्डमा लगानी गर्दा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

कहिलेसम्म गर्ने लगानी ?

भदौ १५ गतेसम्म आवेदन खुला रहनेछ । 

कसले गर्छ लगानी व्यवस्थापन?
धितोपत्र बोर्डबाट इजाजत प्राप्त, हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।  हिमालयन क्यापिटल लिमिटेडले यस सामुहिक लगानी कोषको व्यवस्थापन राष्ट्रिय तथा अन्तराष्ट्रिय पुंजी बजारको नविनतम तथा उत्तम अभ्यासहरू अपनाई गर्नेछ ।

यस “हिमालयन ८०–२०” नामक योजनाको कुल लगानी मध्ये ८०% पुंजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २०% पुंजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालन गरि लगानीकर्ताहरुलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरि संचालन गर्ने कोष व्यवस्थापक हिमालयन क्यापिटलले जनाएको छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको