Like us!
Follow us!
Connect us!
Watch us!

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

अर्थ संसार

शुक्रबार, ०८ भदौ २०८०, १२ : ५६ मा प्रकाशित

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्ने भएको छ। बैंकले यसऋणपत्रलाई विकास ऋणपत्र २०८६ “ज” (६ वर्षे) नाम दिएको छ। केन्द्रिय बैंकले १० अर्बको ऋणपत्र निस्काशन गर्न लागेको हो। 

बैंकले भाद्र ११ गते ६ वर्षे अवधिका यस विकास ऋणपत्र जारी गर्ने भएको हो। यस ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत तय गरिनेछ। 

यस ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्। तेस्तै यो ऋणपत्र धितो राखी कर्जा लिन÷दिन पाइने छ। 

केन्द्रीय बैंकले २०८० भाद्र १० गतेका दिन अपरान्ह ३ः०० बजे सम्म बोलकबोल गर्न समय तोकेको छ। यस ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र २०८६ भाद्र  ११ गते परिपक्व हुनेछ।

बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात रु ५ अर्ब ५० करोड र रु १ अर्ब ५० करोड छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ। 

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकम सम्ममा कायम भएको कट अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरि सो ब्याजदर र सो ब्याजदर भन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराईने तय राष्ट्र बैंकले तय गरेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको