Like us!
Follow us!
Connect us!
Watch us!

कोष कर्मचारी संघमा नयाँ कार्यसमिति चयन

अर्थ संसार

आइतबार, १० भदौ २०८०, १७ : ३५ मा प्रकाशित

कोष कर्मचारी संघमा नयाँ कार्यसमिति चयन

नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषमा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनद्धारा नयाँ कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको अध्यक्षमा अच्युतम पौडेल, उपाध्यक्षमा शान्ता ढुंगाना, महासचिवमा सूर्य प्रसाद दहाल, उप महासचिवमा अनिल बस्नेत र कोषाध्यक्ष्मा बिमलेश यादव चयन भएका छन् । 

त्यसैगरी सदस्यहरुमा प्रदिप अधिकारी, सल्यान के.सी,  निशा खतिवडा, रविन बि.क, प्रकाश गौतम रहेका छन् । महिला संयोजकमा मिनाक्षी पन्त र युवा संयोजकमा नरेन्द्र सुनार रहेका छन् । 

उक्त अधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सह–महामन्त्री तथा सांसद बद्रि पाण्डेले संबोधन गरेका थिए । त्यसैगरी, बिषेश अतिथीको रुपमा नेपाल ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्र कुंवरले ट्रेड युनियनको भुमिका वारे धारणा राखेका थिए। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको