Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्याे एनएलजी इन्स्योरेन्सकाे हकप्रद प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

सोमबार, ११ भदौ २०८०, ११ : १७ मा प्रकाशित

अघि बढ्याे एनएलजी इन्स्योरेन्सकाे हकप्रद प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासनकाे प्रक्रिया थप अघि बढेकाे छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा हिजाे भाद्र १० गते कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरेका छन् । 

एनएलजी इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको प्रति सेयर अंकित मूल्य १०० रूपैयाँकाे दरले १० कित्ता सेयरको ६:६ को अनुपातमा ९६ लाख ३१ हजार २ सय २० दशमलव २२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको