Like us!
Follow us!
Connect us!
Watch us!

चेकको दुरूपयोग अत्यधिक बढ्यो, होसियार बनौँ गैरकानुनी लेनदेन नगरौँ : राष्ट्र बैंक

अर्थ संसार

मंगलबार, १२ भदौ २०८०, १२ : ३८ मा प्रकाशित

चेकको दुरूपयोग अत्यधिक बढ्यो, होसियार बनौँ गैरकानुनी लेनदेन नगरौँ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंककाे चेकको दुरूपयोग अत्यधिक बढेकाे भन्दै होसियार रहन सबैलाई सचेत गराएको छ । पछिल्लो समय चेकको दुरूपयोग अत्यधिक बढेको र त्यसको कारणले चेक जारी गर्ने व्यक्ति/संस्था कालोसूचीमा पर्ने घटना बढेर गएको पाइएको राष्ट्र बैंकले जनाएकाे छ ।

खातामा नभएको रकमको चेक जारी गर्ने, भविष्यमा प्राप्त हुन्छ भन्ने आधारमा चेक जारी गर्ने, तमसुक वा धरौटीको रूपमा चेकलाई प्रयोग गरी अवैधानिक लेनदेन गर्ने, खाली चेकमा हस्ताक्षर गरीदिने जस्ता नियतवश गरेको गलत कार्यले चेक जारी गर्ने व्यक्ति कालोसूचीमा पर्दछ र कानुनबमोजिमको सजायसमेत हुने राष्ट्र बैंकले जानकारी गराएकाे छ ।

चेकमार्फत भुक्तानी गर्दा आफ्नो दायित्व प्रष्ट भएपछि खातामा मौज्दात रहेको रकमको मात्र चेक जारी गर्न राष्ट्र बैंकले अनुराेध गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको