Like us!
Follow us!
Connect us!
Watch us!

चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनकाे दाेश्राे संशाेधन कार्यान्वयन गर्न राष्ट्र बैंककाे निर्देशन

अर्थ संसार

बुधबार, १३ भदौ २०८०, १४ : ०७ मा प्रकाशित

चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनकाे दाेश्राे संशाेधन कार्यान्वयन गर्न राष्ट्र बैंककाे निर्देशन

नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनकाे दाेश्राे संशाेधन कार्यान्वयन गर्न निर्देशन जारी गरेकाे छ । राष्ट्र बैंकले आज ‘चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ दोस्रो संशोधनसहित जारी गर्दै यस्ताे निर्देशन दिएकाे हाे ।

राष्ट्र बैंकले यही भदौ ११ गते, साेमबार चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनमा दोस्रो संशोधन गरेको थियो । त्यसअघि राष्ट्र बैंकले २०७९ पुस २० गते याे मार्गदर्शनमा पहिलो संशोधन गरेको थियो । 

राष्ट्र बैंकले साउन ७ गते, आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति मार्फत् पुनरावलोकन गरिने जानकारी दिएकाे थियाे।बुँदा नम्बर ९३ मा याे विषय उल्लेख थियाे । राष्ट्र बैंकले भनेकाे थियाे, "बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने छ ।"

राष्ट्र बैंकले साेमबार मार्गदर्शनकाे संशाेधन गर्दै साविकको व्यवस्थामा १२ वटा संशोधन गरेको थियाे  । जस अनुसार उत्पादनमूलक उद्योगको हकमा चालुपुँजी कर्जाको सीमा बढाईएको छ । 

संशोधित व्यवस्थाअनुसार रु. १ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा कुल रु.३ करोडसम्म) को चालुु पुँजी कर्जाको सीमा निर्धारण गरिएको छ। समग्र बैंकिङ प्रणालीबाट कुल रु.१ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा कुल रु.३ करोडसम्म) चालुु पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू हुने छैन। यस्ता ऋणीलाई प्रवाह हुने चालुु पुँजी कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालुू पुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही निर्धारण गर्न सक्नेछन्। 

पूर्णपाठ हेर्न यहाँ थिच्नुहाेस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको