Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकका गभर्नर एशियाकै कमजोर, भारतका शक्तिकान्त दास बने विश्वकै उत्कृष्ट गभर्नर

अर्थ संसार

सोमबार, १८ भदौ २०८०, १२ : २५ मा प्रकाशित

राष्ट्र बैंकका गभर्नर एशियाकै कमजोर, भारतका शक्तिकान्त दास बने विश्वकै उत्कृष्ट गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एशिया प्रशान्त क्षेत्रका २६ वटा देशका केन्द्रीय बैंकका प्रमुखमध्ये सबैभन्दा कमजोर देखिएका छन् । गभर्नर अधिकारीले विश्वका केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडिङमध्ये सबैभन्दा कमजाेर ग्रेडिङ अर्थात् 'सी' ग्रेड पाएका छन् ।  

हरेक वर्षझैँ  ग्लोबल फाइनान्स पत्रिकाले सार्वजनिक गरेकाे सन् २०२२ काे केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडकाे तथ्याङ्कमा एशिया प्यासिफिक जोनमध्ये नेपालका गभर्नर सबैभन्दा कमजोर देखिएका हुन् ।  सन् २०२१ मा गभर्नर अधिकारीले 'बी माइनस' ग्रेड पाएका थिए । 

यता छिमेकी मुलुक भारतका गभर्नर शक्तिकान्त दास भने विश्वकै उत्कृष्ट गभर्नर बनेका छन् । अमेरिकाबाट प्रकाशन हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाले ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ का गभर्नर शक्तिकान्त दास विश्वकै उत्कृष्ट सूचीमा परेका छन् । ‘ए प्लस’ ग्रेडिङ पाएका तीन केन्द्रीय बैंक गभर्नरहरुको सूचीको शीर्ष स्थानमा गभर्नर दासलाई राखिएको छ । दासपछि स्विट्जरल्याण्डको केन्द्रीय बैंकका गभर्नर थोमस जे जोर्डन र भियतनामका गुएन थि होङ उत्कृष्ट सूचीमा परेका छन् ।

ग्लोबल फाइनान्सले मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’ को स्केलमा ग्रेडहरु प्रदान गर्ने गरेको छ । जसमा ‘ए’ ग्रेडले पूर्णरुपमा सफलताको र ‘एफ’ ग्रेडले पूर्ण असफलताको प्रतिनिधित्व गर्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको