Like us!
Follow us!
Connect us!
Watch us!

वीर अस्पतालको भवनबाट खसेर एक जनाको मृत्यु

अर्थ संसार

सोमबार, १८ भदौ २०८०, १३ : ११ मा प्रकाशित

वीर अस्पतालको भवनबाट खसेर एक जनाको मृत्यु

वीर अस्पतालको नयाँ सर्जिकल भवनबाट खसेर एक जनाको मृत्यु भएकाे छ । नयाँ सर्जिकल भवनको छैटौं तलाबाट खसेर एक जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

उनी आइतबार राति २ बजेतिर भवनबाट खसेको अस्पतालको सीसीटीभी फुटेजमा देखिएको छ  । अन्दाजी ४० वर्षका मृतक पुरुषको हालसम्म पहिचान भएको छैन ।

उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले जानकारी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको