Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा क्यापिटलकाे तीज सारीमा सेल्फी प्रतियोगिता

अर्थ संसार

सोमबार, १८ भदौ २०८०, १३ : ३१ मा प्रकाशित

गरिमा क्यापिटलकाे तीज सारीमा सेल्फी प्रतियोगिता

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको छ ।

गरिमा क्यापिटल लिमिटेडले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गते देखि आश्विन ०५ गतेसम्मका लागी “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको व्यहोरा अनुरोध छ । यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि तपसिल बमोजिम नियम तथा सर्तहरु लागू हुनेछन् :

- इच्छुक सम्पूर्ण व्यक्तिहरू यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।  

- सहभागीहरुले परम्परागत पोशाकमा लिएको आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजको “Mentions” मा पोष्ट गर्नुपर्नेछ । 

- फोटो पोष्ट गर्दा निम्न ह्यासट्यागहरू समावेश गर्नुपर्नेछः 

#GarimacapitalTeejSaareemaSelfie #GarimacapitalTeej #NepaliFestival
#Garimacapitallimited

सहभागीहरुले गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेज लाईक र सेयर गर्नुपर्नेछ ।

अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरी निम्नानुसार नगद उपहार प्रदान गरिनेछ :  
प्रथम  – रु ३०००
द्वितीय  – रु २,०००
तृतीय  – रु १,०००  

यस प्रतियोगिताले तीजको समृद्ध परम्परालाई मात्र नभई हाम्रो समुदायमा एकता र उत्सवको भावनालाई बढावा दिनेछ भन्ने कुरामा आफूहरू विश्वस्त रहेकाे क्यापिटलले जनाएकाे छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको