Like us!
Follow us!
Connect us!
Watch us!

सी ग्रेडका गभर्नर : लगानीकर्ताले मात्रै हैन पार्टीले नै रूचाउन छाड्यो

अर्थ संसार

मंगलबार, १९ भदौ २०८०, १५ : ११ मा प्रकाशित

सी ग्रेडका गभर्नर : लगानीकर्ताले मात्रै हैन पार्टीले नै रूचाउन छाड्यो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राम्रो छवि बनाउन सकेका छैनन् । कहिले के विषयले त कहिले के विषयले प्राय जसो उनी चरम विवादमा तानिने गर्दछन् । सदनमा उनको राजिनामाको मागदेखि सडकमा 'गभर्नर मुर्दावाद' सम्मका धेरै आवाज र नाराहरू गुञ्जिसकेका छन् ।

गभर्नर अधिकारी सेयर लगानीकर्ताहरूका लागि 'अप्रीय पात्र' त छँदै थिए अब त उनलाई उनकै पार्टीले पनि रूचाउन छाडिसकेको छ । एमालेले नै अब गभर्नरको काम गराईप्रति आजित भएको प्रस्तुति दिन थालेको छ । यसअघि एमालेको अधिकारिक माध्यमबाट गभर्नरप्रति टिक्का टिप्पणी नगर्ने एमाले अहिले भने खुलेरै गभर्नर प्रति आक्रोश पोख्न थालेको छ ।

पार्टीले नै रूचाउन छाड्यो

पार्टीले नै गभर्नरलाई रूचाउन छाडेको कुराकाे एउटा छर्लङ्ग हुने उदाहरण हेराैँ । कुरा यही आइतबारको हाे । एमालेको भ्रातृ संगठन नेपाल उद्योगी व्यवसायी महासंघले नेपाल राष्ट्र बैंकका अब्यवहारिक नीतिका कारण अहिले उद्योगी व्यवसायीका साथै समग्र अर्थतन्त्र नै नाजुक अवस्थामा रहेको महासंघले आरोप लगाएको थियो।

अर्थतन्त्र चलायमान बनाउन वित्त नीति र मौद्रिक नीतिबीच सामन्जस्यता हुनुपर्ने भएपनि दुबै निकायबीच आपसी सहकार्य नगर्न सकेको आरोप राष्ट्र बैंक र अर्थमन्त्री दुवैतिर सोझियो। नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत राज्यका निकायहरुले उचित कदम चाल्नु पर्ने अवस्थामा त्यसो नगरी राज्यका निकायहरुबाट वेवास्ता गरी उद्यम ब्यवसाय धरासायी बनाउने र उद्योगी व्यवसायी व्यवसाय छोडेर पलायन हुने वा आत्महत्याको बाटो रोज्न बाध्य पार्ने अवस्थामा पुर्याएकाेप्रति नेपाल उद्योग तथा व्यवसायी महासंघले गम्भिर ध्यानाकर्षण गराएकाे थियो।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले त राष्ट्र बैंक कै कारण राष्ट्र बैंकका कारण लगानीकर्ताको १४ खर्ब रुपैयाँ डुबेको र १२ करोडको सेयर धितोको क्याप तत्काल खारेज गर्नुपर्ने विचार व्यक्त गरे। राष्ट्र बैंककै गैर जिम्मेवार नीतिका कारण बैंकहरुले अव्यवहारिक र आफुखुशी एकलौटी रुपमा ब्याज बढाई उद्योगी व्यवसायीहरुलाई थप निराश भएको एमाले निकट व्यवसायको ठहर छ।

सेयर लगानीकर्ताका 'अप्रीय पात्र'

अधिकांश लगानीकर्ता अझ भनौँ प्राय जसो सबै लगानीकर्ताहरूका एकदमै अप्रीय पात्र हुन् गभर्नर अधिकारी । गभर्नरमाथि सेयर बजारको विकास र विस्तारका लागि केही राम्रा कदम नचाल्ने अझ लयमा चलिरहेको बजारलाई नै अनेकौँ नीतिले गिजोल्ने र नियन्त्रणमा लिन खोज्ने आरोप लागिरहन्छ । राष्ट्र बैंकले बेलाबेला समग्र धितोपत्र बजारलाई नै निरुत्साहित बनाउने गरी नीती निमार्ण गर्ने गरेकाे दर्जनाैँ उदाहरणहरू छन् । अभिभावककाे भूमिका खेल्नुपर्ने नियामकले लगानीकर्ताहरूलाई टुहुरा बनाएकाे र बजारलाई समेत प्रताडित बनाएका भन्दै राष्ट्र बैंक र गभर्नरकाेविरूद्धमा विभिन्न विराेध कार्यक्रम गरेर लगानीकर्ताहरूले धेरै चाेटी सडक र सदन दुवै तताईसकेका छन् । गभर्नरकाे पुत्ला बनाएर जलाउनेदेखि सडकमा गभर्नर मुर्दावादकाे नारा चलाउनेसम्मका कृयाकलाप पनि नभएका हाेइनन् । जब माैद्रिक नीतिमार्फत् गभर्नर अधिकारीले सेयर धिताे कर्जामा ४/१२ काे क्याप लगाइदिए त्यतिबेलादेखि झनै रूष्ट भएका थिए गभर्नरप्रति लगानीकर्ताहरू । ४/१२ को नीतिका कारण बजार नराम्ररी प्रताडित भयाे । त्यतिबेलादेखि प्रताडित भएकाे बजार अझै राम्ररी उठ्न सकेकाे छैन । 

सी ग्रेडका गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एशिया प्रशान्त क्षेत्रका २६ वटा देशका केन्द्रीय बैंकका प्रमुखमध्ये सबैभन्दा कमजोर देखिएका छन् । गभर्नर अधिकारीले विश्वका केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडिङमध्ये सबैभन्दा कमजाेर ग्रेडिङ अर्थात् 'सी' ग्रेड पाएका छन् ।  हरेक वर्षझैँ  ग्लोबल फाइनान्स पत्रिकाले सार्वजनिक गरेकाे सन् २०२२ काे केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडकाे तथ्याङ्कमा एशिया प्यासिफिक जोनमध्ये नेपालका गभर्नर सबैभन्दा कमजोर देखिएका हुन् ।  सन् २०२१ मा गभर्नर अधिकारीले 'बी माइनस' ग्रेड पाएका थिए । ग्लोबल फाइनान्सले मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’ को स्केलमा ग्रेडहरु प्रदान गर्ने गरेको छ ।

सर्वत्र आलोचना, पद छाड्न चाैतर्फी दवाव 

उसै त पहिल्यैदेखि नरूचाइएका गभर्नरलाई पद छाड्न फेरि चौतर्फी दवाव बढेको छ । हालै मात्र सार्वजनिक भएको उनको ग्रेड देखेपछि झनै आम सर्वसाधारणहरूले उनको राजिनामाको माग गर्न थालेका छन् । गभर्नरकाे ग्रेडिङसम्बन्धी समाचारहरू बाहिर आएपछि यतिबेला सामाजिक सञ्जालतिर गभर्नर अधिकारीकाे राजिनामाकाे माग भईरहेको छ । गभर्नर अधिकारीको ग्रेडिङलाई लिएर सर्वत्र आलोचना समेत भईरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको