Like us!
Follow us!
Connect us!
Watch us!

अक्टोबरदेखि भारतमा सेयर कारोबार सेटलमेन्टको समय घटाउँदै नियामक, एक घण्टा मै राफसाफ हुने

अर्थ संसार

बुधबार, २० भदौ २०८०, १५ : ३४ मा प्रकाशित

अक्टोबरदेखि भारतमा सेयर कारोबार सेटलमेन्टको समय घटाउँदै नियामक, एक घण्टा मै राफसाफ हुने

भारतको बजार नियामकले अक्टोबर सम्ममा सेयर बजारको कारोबारको तत्काल सेटलमेन्ट गराउने तयारी गरेको छ ।  मंगलबार एक भारतीय मिडियालाई नियामकको स्रोतले दिएको जानकारी अनुसार हाल भारतमा ट्रेडहरको सेटलमेन्ट एक दिन पछि मात्रै हुने गरेमा अब तत्काल गराउने तयारीमा लागेको छ। 

तत्काल सेटलमेन्टले ट्रेडहरू तुरुन्तै व्यवस्थित हुने नियामकको बुझाई रहेको छ ।विदेशी लगानीकर्ताहरूको लागि भने चाहिँ तुरुन्तै सेटलमेन्ट अनिवार्य हुने छैन। 

सुरुवातमा नियामकले सेयर कारोबारको एक घण्टा भित्र सेटलमेन्ट गर्ने तयारी गरेको छ। केहि महिनापछि भने कारोबार पछ्यात तत्काल सेटलमेन्ट गर्ने तयारी रहेको छ । एक्सचेन्ज र क्लियरिङ कर्पोरेसनहरूले तुरुन्तै सेटलमेन्टको लागि प्रणालीहरूमा काम गर्न थप समय मागेकाले थोरै समय बढि लिएको बुझिएको छ। एक दिनमा सेटलमेन्ट गर्ने चीनपछि भारत दोस्रो देश हो। अधिकांश अन्य ठूला अर्थतन्त्रमा दुई दिनभित्र कारोबार टुंगिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको