Like us!
Follow us!
Connect us!
Watch us!

३ हजार बढी दम्पतीलाई आईभीएफ सफलता प्रदान गरेको वात्सल्य क्लिनिक ७ औं वर्षमा प्रवेश

अर्थ संसार

बुधबार, २० भदौ २०८०, १६ : ५५ मा प्रकाशित

३ हजार बढी दम्पतीलाई आईभीएफ सफलता प्रदान गरेको वात्सल्य क्लिनिक ७ औं वर्षमा प्रवेश

नेपालमा आधुनिक आई.भी.एफ. को जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आई. भी. एफ. ले ३ हजार भन्दा अधिक दम्पतीलाई आई. भी. एफ. विधि मार्फत् सन्तान प्राप्तिको खुशी दिंदै, आज श्री कृष्ण जन्माष्टमीको पावन दिनमा आफ्नो ७ औं वर्षमा प्रवेश गरेको छ। 

हरेक महिना करिब ६० देखि ७० प्रतिशत सम्मको आई. भी. एफ. सफलता दर निरन्तर हासिल गर्दै आएको यस क्लिनिकमा अहिलेसम्म ७ हजार भन्दा अधिक दम्पतीले सन्तान लाभ (३०००+ आई. भी. एफ., १८००+ आई. यू. आई., २२००+ नेचुरल प्रेग्नेन्सी) गरिसकेको उक्त विज्ञप्तिमा उल्लेख छ।

नि:सन्तान दम्पतीको यात्रा मानसिक, आर्थिक, मनोवैज्ञानिक,सामाजिक जस्ता विभिन्न तनावले भरिएको हुन्छ त्यसैले उपचारको अवधिमा आधुनिक पद्दति सँगै पारिवारिक वातावरण र सहजता जस्ता विशिष्ट अनुभव प्रदान गर्दा उच्च सफलता हासिल भएको यहाँका विज्ञहरुको अभुव छ। क्लिनिक भित्रको सकारात्मक उर्जाले नै सफलता पाउँछु भन्ने विश्वास जाग्छ भन्ने अनुभव कैयौं सेवाग्राहीहरु व्यक्त गर्नुहुन्छ त्यसैले यहाँ नेपाल बाहेक पाकिस्तान, अमेरिका, जापान, अष्ट्रेलिया जस्ता अन्य मुलुकबाट पनि सेवाग्राहीहरु आउने गरेका छन् र सफलता प्राप्त गरेका छन् ।

आधुनिक उपचारसँग सम्बन्धित मिथ्या कुराहरुबारे जनचेतना जगाउने र उच्च आई. भी. एफ. सफलता दर प्रदान गर्ने भएका कारण नै यसले छोटो समयमा ठूलो फड्का मार्दै आफ्नो सेवा नक्सालबाट भक्तपुर र नेपालगंजमा पनि विस्तार गरेको छ । आगामी केहि दिनहरुमै आफ्नो शाखाहरु अन्य प्रमुख शहरहरुमा पनि विस्तार गर्ने योजना रहेको यहाँका कार्यकारी प्रमुख, प्रशान्त सुवेदीले बताएका छन् ।

नि:सन्तान सम्बन्धी सम्पूर्ण सेवाहरु (आई. भी. एफ., आई. यू. आई, ओवेरियन इन्डक्सन, आदि), प्रसुतीपूर्वको जाँच, फेर्टिलिटी फ्रिजिङ्ग जस्ता विभिन्न सेवाका लागि ०१-५९७०६११ मा बिहान ८ बजेदेखि राती ८ बजे सम्म सम्पर्क गर्न सकिन्छ वा www.vatsalya.com.np मा भिजिट गर्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको