Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाद्वारा श्रीकृष्ण जन्माष्टमीको अवसरमा पिउने पानी तथा जुस वितरण

अर्थ संसार

शुक्रबार, २२ भदौ २०८०, १० : ५४ मा प्रकाशित

कामना सेवाद्वारा श्रीकृष्ण जन्माष्टमीको अवसरमा पिउने पानी तथा जुस वितरण

कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा २०८० साल भदौ २० गते उर्लाबारी स्थित राधा कृष्ण मन्दिर र २०८० साल भदौ २१ गते बिराटनगर श्री कृष्ण जन्माष्टमी रथ यात्रामा पाल्नुहुने भक्तजनहरुलाई लक्षित गर्दै पिउने पानी तथा जुस वितरण गरेको छ ।
 
सो दिन दुवै स्थानमा हजारौ भक्तजनहरुले भगवान श्रीकृष्णको दर्शन गर्ने गर्दछन् । गर्मी मौसममा लामो समयसम्म लाइनमा बस्नु पर्दाको असुविधालाई मध्यनजर गर्दै बैंकका उर्लाबारी र बिराटनगर शाखा कार्यलयहरुले उक्त पानी तथा जुस वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

64faad2d13e78.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको