Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल मेडिसिटी अस्पताल ‘एमआरसीपी यूके पेसेज’ पूर्वअभ्यास परीक्षा सञ्चालन गर्ने नेपालको पहिलो अस्पताल

अर्थ संसार

शनिबार, २३ भदौ २०८०, १७ : ५४ मा प्रकाशित

नेपाल मेडिसिटी अस्पताल ‘एमआरसीपी यूके पेसेज’ पूर्वअभ्यास परीक्षा सञ्चालन गर्ने नेपालको पहिलो अस्पताल

नेपाल मेडिसिटी अस्पताल एमआरसीपी यूके पेसेज पूर्व अभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ ।

नेपाल मेडिसिटी र रोयल कलेज अफ फिजिसियन्स, युनाइटेड किङडम सँगको सहकार्यमा एमआरसीपी यूके प्राक्टिकल एसेसमेन्ट अफ क्लिनिकल इग्जामिनल स्किल्स  पेसेजको पूर्व अभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ । सेप्टेम्बर ७ र ८ गते भएको परीक्षामा नेपालभरबाट २४ डाक्टरहरुले सहभागिता जनाएका थिए ।  एमआरसीपी यूके पेसेज परिक्षा क्लिनिकल विशेषज्ञतालाई थप निखार ल्याउन र सीप परीक्षण गर्न डिजाइन गरिएको हो ।

फेडरेशन अफ द रोयल कलेज अफ फिजिक्स, यूके  ले तोकेको विश्वव्यापी मापदण्ड अनुसार परीक्षाको पूर्व अभ्यास सन्चालन गरिएको हो । त्यहाँ पाँच स्टेशनहरू थिए जसको माध्यमबाट परिक्षार्थीहरूलाई उनीहरूको ज्ञान, क्लिनिकल सीप, बिरामीको स्वायत्तता र सन्चारको सम्मान गर्ने क्षमताको लागि मूल्याङ्कन गरिएको थियो ।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल मेडिसिटीमा रोयल कलेज अफ फिजिक्स, यूके सँग मिलेर  एमआरसीपी यूके पेसेजपरीक्षाको पूर्व अभ्यास आयोजना गर्न पाउँदा निकै गौरवान्वित भएको अनुभव साट्नु भएको छ । यस स्तरको प्रतिष्ठित परीक्षा जसले डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्याङ्गन मात्र गर्दैन तर यसले बिरामी सुरक्षाका मुद्दाहरू र संचार लगायत सफ्ट स्किलहरू पनि हेर्दछ र एक डाक्टरलाई विशेषज्ञ बन्न सहयोग पुऱ्याउदछ यस परीक्षा सञ्चालन गर्नु देशको लागी एक उपलब्धि हो ।  रोयल कलेज अफ फिजिसियन्स जस्तो ५ सताप्दी भन्दा लामो इतिहास बोकेको अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित संस्थाले नेपाल र नेपालको अस्पताललाई गरेको विश्वासलाई निकै ठुलो उपलब्धि रहेको प्रस्ट पार्नु भएको छ ।

फेडरेशन अफ द रोयल कलेज अफ फिजिक्स यूकेका प्रतिनिधिहरू डा. तन्जीम रजा, डा. डोनाल्ड फारुहार, डा. सत्यन राजभण्डारी, डा. फियोना क्लार्क र डा. ग्राहम करीका अनुसार सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको छ । मेडिसिटी अस्पतालमा MRCP UK को क्लिनिकल पाइलट परीक्षा पछि निकट भविष्यमा एक समर्पित परीक्षा केन्द्र स्थापना गर्ने अनुमति प्रदान हुने निर्णय लगभग अन्तिम चरणमा पुगेको छ । यो नेपालका प्रशिक्षार्थी चिकित्सकहरूको आवश्यकता मात्र नभई छिमेकी दक्षिण एसियाली देशका उम्मेदवारहरूलाई पनि फाइदा पुऱ्याउनेछ भन्ने हाम्रो आशा छ ।

MRCP UK चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको प्रमाणित गर्छ ।

हाल धेरै चिकित्सकहरूले यो परीक्षा लिन र  एनआरसीपी यूके योग्यता पूरा गर्नको लागि बेलायतको यात्रा गर्नुपर्नेछ । नेपालमा यस परीक्षाको लागि केन्द्र खोल्दा त्यस्ता सबै चिकित्सकहरूलाई आफ्नै देश या नजिकको केन्द्रमा परीक्षा दिने वातावरण बन्ने छ । बेलायतबाट आएको भ्रमण टोलीका सदस्यहरूले सफल पाइलट परीक्षाको व्यवस्था गरेकोमा स्थानीय आयोजकहरू र मेडिसिटी अस्पतालको प्रशासनलाई धन्यवाद दिदै यसले  एनआरसीपी यूके सँगको दीर्घकालीन साझेदारीको नेतृत्व गर्ने आशा गरेको जनाएका छन् ।

नेपाल मेडिसिटीमा  एमआरसीपी  पेसेज को नेतृत्व गर्ने नेपाल मेडिसिटीका वरिष्ठ चिकित्सक डा. नीरज जोशीले, “यस परीक्षाको उच्च मापदण्डलाई ध्यानमा राख्दै पेसेज केन्द्रहरूले  पेसेज केन्द्रको दर्जा दिनुअघि निश्चित शैक्षिक मापदण्डहरू पूरा गर्नुपर्ने बताउनुभएको छ । नेपाल मेडिसिटीमा  एमआरसीपी पेसेज परीक्षा केन्द्र खोल्दा स्नातकोत्तर तालिम र कुनै अतिरिक्त शुल्क बिना अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्री प्राप्त गर्ने नयाँ अवसरहरू खुल्नेछ। यसले हामीलाई लामो समयसम्म नेपालमा विशेषज्ञ डाक्टरको अभावलाई पूर्ति गर्न मद्दत गर्नेछ ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको