Like us!
Follow us!
Connect us!
Watch us!

माण्डु हाइड्रोको आईपीओ बाँडफाँड : तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् रिजल्ट

अर्थ संसार

आइतबार, २४ भदौ २०८०, १० : ३४ मा प्रकाशित

माण्डु हाइड्रोको आईपीओ बाँडफाँड : तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् रिजल्ट

माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) आज भदाै २४ गते, आइतबार बाँडफाँड गरिएकाे छ । निष्कासन तथा बिक्री प्रबन्धक  प्रभु क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओकाे बाँडफबाँड आज बिहान गरिएकाे हाे । 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म कुल १० लाख १६ हजार ७ सय १४ जना लगानीकर्ताहरूले आवेदन दिएका थिए । जसमध्ये,  ८ लाख ७२ हजार ८ सय ३७ जना लगानीकर्ताहरूकाे आवेदन मात्रै योग्य रहेकाे थियाे । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा १ लाख २० हजार ५ सय ३२ जना लगानीकर्ताहरूले मात्रै १० कित्ता सेयर हात पारेका छन् ।  । बाँकीको भने हात खाली भएकाे छ । 

माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १० गतेदेखि भदाै १३ गतेसम्म सर्वसाधारणलाई १२ लाख ५ हजार ३ सय २० कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो । 

तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् रिजल्ट

कम्पनीकाे आईपीओको नतिजा केही समयपछि प्रकाशन गरिनेछ ।   नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिन्छ । सीडीएस एण्ड क्लियरिङले आईपीओको नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट www.iporesult.cdsc.com.np, निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडकाे वेबसाइट र मेराे सेयरबाट हेर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको