Like us!
Follow us!
Connect us!
Watch us!

एकैपल्ट ४ कम्पनीले दिए हकप्रद निष्कासन गर्न सेबोनमा निवेदन, हेर्नुस् कुनकाे कति कित्ता ?

अर्थ संसार

आइतबार, २४ भदौ २०८०, १८ : ३२ मा प्रकाशित

एकैपल्ट ४ कम्पनीले दिए हकप्रद निष्कासन गर्न सेबोनमा निवेदन, हेर्नुस् कुनकाे कति कित्ता ?

विभिन्न ४ वटा हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । लिबर्टी इनर्जीले ५० प्रतिशत, ङादी ग्रुप पावरले शतप्रतिशत, आँखुखोला जलविद्युतले १५० प्रतिशत र बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।

१. लिबर्टी इनर्जी

लिबर्टी इनर्जीले १ः०.५ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद निष्कासन गर्न भदाै २१ गते सेबाेनमा निवेदन दिएकाे हाे ।  कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। 

२. ङादी ग्रुप पावर

ङादी ग्रुप पावरले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद निष्कासन गर्न भदाै २१ गते सेबाेनमा निवेदन दिएकाे हाे ।  कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। 

३. बरुण हाइड्रोपावर

बरुण हाइड्रोपावरले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख ५८ हजार १५० कित्ता  हकप्रद निष्कासन गर्न भदाै २२ गते सेबाेनमा निवेदन दिएकाे हाे ।  कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट रहेको छ। 

४. आँखुखाेला जलविद्युत

आँखुखाेला जलविद्युतले १ः१.५ अनुपातमा अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० कित्ता हकप्रद निष्कासन गर्न भदाै २१ गते सेबाेनमा निवेदन दिएकाे हाे ।  कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको