Like us!
Follow us!
Connect us!
Watch us!

अब टाटाका रिटेलर्सलाई नबिल बैंकले बिना धितो फाइनान्स सुविधा दिने

अर्थ संसार

सोमबार, २५ भदौ २०८०, १२ : ३१ मा प्रकाशित

अब टाटाका रिटेलर्सलाई नबिल बैंकले बिना धितो फाइनान्स सुविधा दिने

नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई सस्तो र सहज वित्तिय सुविधा उपलब्ध गराउने भएको छ ।.

टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको  नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रा.लि. र नेपालकै अग्रणी बैंक नबिल बैंकबीच सहकार्य गर्ने सहमति भएको छ । सिप्रदी अटोपार्टस् प्रा.लि.का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका खुद्रा बिक्रेता तथा टाटा गुरुहरुको पनि उपस्थिति रहेको थियो ।

उक्त सम्झौता अनुसार अब नबिल बैंकले सिप्रदी अटोपार्टका खुद्रा बिक्रेताहरुलाई सहज र सस्तो वित्तिय सुविधा उपलब्ध गराउनेछ । खुद्रा बिक्रेताहरू राष्ट्रको आर्थिक अवस्था नाजुक भएको परिस्थितिमा त्यो सम्झौताबाट खुशी महसुस गरिरहेका छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको