Like us!
Follow us!
Connect us!
Watch us!

टाटा मोटर्स्को नयाँ शोरुम अब भक्तपुरमा

अर्थ संसार

शुक्रबार, २९ बैशाख २०८०, ०७ : ४७ मा प्रकाशित

टाटा मोटर्स्को नयाँ शोरुम अब भक्तपुरमा

टाटा मोटर्सको  भक्तपुरमा नयाँ शोरुमको सुभारम्भ गरेको छ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राणा तथा टाटा मोटर्स लिमिटेडका तर्फबाट पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्र द्वारा संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गरेका थिए । नयाँ शोरुम उद्घाटन सँगै टाटा मोटर्स्ले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने नयाँ शोरुममा टाटा मोटर्स्को पेसेन्जर भेहिकलहरु प्रदर्शन गरिएका छन् । 

नयाँ शोरुम उद्घाटन गर्ने क्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राणाले सिप्रदीको आफ्नै नयाँ शोरुमहरु खोली ग्राहकहरुलाई सेवा दिन पाउँदा निकै खुशी लागेको बताए । साथै उक्त नयाँ शोरुमले ग्राहकहरुलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनूभूति प्रदान गर्ने समेत जानकारी दिए। 

सोही अवसरमा टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले पनि ग्राहकहरुको विशेष सेवाको लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाका लागि  आफ्नै शोरुमहरु थप्दैे लगेकोे कुरा व्यक्त गरे।

उनले ग्राहकहरुलाई विश्वसनीय एवं भरपर्दो सेवा प्रदान गर्न  नयाँ शोरुमहरुको भूमिका महत्वपूर्ण हुने र यसै क्रममा  सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले ग्राहकहरुलाई विश्वसनीय मात्र नभई उच्चस्तरीय सेवाप्रदान गर्ने कुरामा आपूmहरु विश्वस्त भएको कुरा समेत जानकारी गराए।

उनलेले अब नयाँ शोरुमबाट टाटाका अत्याधुनिक विशेषताहरु सहित सुविधा सम्पन्न विद्युतीय तथा आईस सेग्मेन्टका गाडीहरु सुलभ रुपमा ग्राहकहरु सम्म पहुच हुने कुरा समेत व्यक्त गरे ।

645d9e8303c11.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको