Like us!
Follow us!
Connect us!
Watch us!

टाटा समुहको नेतृत्व अब कसले गर्ला ?

अर्थ संसार

विहीबार, २४ असोज २०८१, ०८ : ३५ मा प्रकाशित

टाटा समुहको नेतृत्व अब कसले गर्ला ?

टाटा समूहका पूर्व अध्यक्ष रतन टाटाको बुधबार राति करिब ११ः३० बजे निधन भएको छ ।

अहिलेसम्म टाटा समूहको सर्वोच्च पदमा टाटा परिवारका सदस्य रहदैँ आएका थिए तर यस्तो अवस्थामा धेरैको मनमा प्रश्न छ कि रतन टाटाको विदाई पछि उनको विरासत कसले सम्हाल्छ ? अहिले समूहको कमान्ड एन चन्द्रशेखरनसँग छ, उनी टाटा परिवारका होइनन्।

१८६८ मा यसको स्थापना पछि १९०४ सम्म यस समूहको संस्थापक जमसेटजी एन टाटाले सुरुको नेतृत्व गरेका थिए । उनी पछि समूहको जिम्मेवारी सर दोराबजी टाटा, जेआरडी टाटा र २०१२ मा रतन टाटाले गरेका थिए ।  हाल, रतन टाटाका सौतेनी भाइ नोएल नवल टाटाका छोराछोरी लेह, माया र नेभिल अन्य पेशेवरहरू जस्तै कम्पनीमा काम गरिरहेका छन्।

जेठी छोरी लेह टाटाले स्पेनको म्याड्रिडको आईई बिजनेस स्कूलबाट मार्केटिङमा स्नातकोत्तर गरेकी छिन्। २००६ मा, उनी ताज होटल रिसोर्ट्स र प्यालेसमा सहायक बिक्री प्रबन्धकको रूपमा सामेल भएकी थिईन । हाल उनी द इन्डियन होटल्स कम्पनी लिमिटेडको उपाध्यक्षको रूपमा कार्यरत छिन्।

कान्छी छोरी माया टाटा समूहको प्रमुख वित्तीय सेवा कम्पनी टाटा क्यापिटलमा विश्लेषकको रूपमा सामेल भइन् । जबकि उनका भाइ नेभिल टाटाले ट्रेन्टमा आफ्नो व्यावसायिक यात्रा सुरु गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको