Like us!
Follow us!
Connect us!
Watch us!

बलेफी हाइड्रोले एकैचोटी डाक्यो २ वर्षको एजीएम, शतप्रतिशत हकप्रदसहित यस्ता छन् पारित हुने एजेन्डा

अर्थ संसार

सोमबार, २५ भदौ २०८०, १३ : ५२ मा प्रकाशित

बलेफी हाइड्रोले एकैचोटी डाक्यो २ वर्षको एजीएम, शतप्रतिशत हकप्रदसहित यस्ता छन् पारित हुने एजेन्डा

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले एकैपल्ट २ आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको हिजो भदौ २४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको संयुक्त वार्षिक साधारण सभा असोज १८ गते, आम्रपाली ब्याङ्क्वेट, काठमाडौँमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ । 

सभामा १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

क) सामान्य प्रस्ताव

१. संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नु हुने आ.व. २०७७/०७८ र २०७८ / ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२. यस कम्पनीको लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७७/०७८ र २०७८ / ०७९ को वार्षिक वित्तीय विवरण आषाढ मसान्त २०७८ र आषाढ मसान्त २०७९ मा समाप्त भएको वर्षको वासलात, आ.व.२०७७/०७८ र २०७८ / ०७९ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, इक्सिटिमा भएको परिवर्तन सम्बन्धी विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३. कम्पनी ऐनको दफा १११ बमोजिम यस कम्पनीको आर्थिक वर्ष २०७१ / ०८० का लागि लेखापरिक्षण गर्न लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।

४. संचालक समितिको पुर्नगठन तथा सर्वसाधारण र स्वतन्त्र संचालकको नियुक्ति गर्ने सम्बन्धमा ।

ख) विशेष प्रस्ताव

१. निम्न विषयका सम्बन्धमा प्रवन्ध-पत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै परिर्माजन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिर्माजन गर्न सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने सम्बन्धमा ।

अ) कम्पनीको पूँजी वृद्धि गर्ने सम्बन्धमा ।

(आ) कम्पनीको ठेगाना परिवर्तन सम्बन्धमा ।

इ) कम्पनीले १:१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा ।

ई) कर्जा सिमा वृद्धिको स्विकृति गर्ने सम्बन्धमा ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको