Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ हकप्रद दर्ता गर्न छाडेको सेबोनले फेरि किन खुलायो ? खास कारण के हो ?

अर्थ संसार

सोमबार, २५ भदौ २०८०, १७ : ५६ मा प्रकाशित

नयाँ हकप्रद दर्ता गर्न छाडेको सेबोनले फेरि किन खुलायो ? खास कारण के हो ?

केही समय अघिबाट नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ हकप्रद दर्ता गर्न छाडेको थियाे । सेबोनले हकप्रद दर्ता गर्न छाडेर छिट्टै निर्देशिका ल्याउने तयारी गरेकाे जानकारी दिएकाे थियाे । हकप्रद दर्ताको प्रक्रिया नै नयाँ हिसाबले गर्ने की के गर्ने भनेर केही समयका लागि हकप्रद सेयर दर्ता गर्ने प्रक्रिया रोकिएको थियाे । क्यापिटलहरूलाई पनि फाइल रोक्न लगाइएको थियाे ।

तर हिजाे एकाएक धिताेपत्र बाेर्डमा ४ वटा कम्पनीले हकप्रद निष्कासनका लागि निवेदन दिएका तथ्याङ्क सेबाेनकाे साइटमा अपडेट गरियाे । नयाँ हकप्रद दर्ता गर्न छाडेको सेबोनले फेरि किन खुलायो ? खास कारण के हो ? भनेर बुझ्न आज हामीले धिताेपत्र बाेर्डसँग कुराकानी गर्याैँ । बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार बाेर्डले अहिले राेकिहाल्नु पर्ने कारण नदेखेपछि हकप्रद दर्ता प्रक्रिया पुन: खुलाएकाे हाे ।

अर्थ संसारसँग कुराकानी गर्दै उनले भने, "अस्ति राेकिएकाे थियाे अहिले अब राेकी हाल्नु पर्ने देखिएन । इप्पानका पदाधिकारीहरूसँग पनि हाम्राे छलफल भयाे । छलफल भइसकेपछि अब केही नीतिगत व्यवस्थाबाट जाने कुरा भएकाे छ । अहिलेका लागि नयाँ दर्ता गरिएकाे छ अब  नीतिगत व्यवस्था आएपछि हामी त्यही अनुसार अगाडि बढ्छौँ ।"

हिजाे सेबाेनकाे साइटमा अपडेट भए अनुसार एकैपल्ट ४ कम्पनीले हकप्रद निष्कासन गर्न सेबाेनमा निवेदन दिएका छन् । लिबर्टी इनर्जीले ५० प्रतिशत, ङादी ग्रुप पावरले शतप्रतिशत, आँखुखोला जलविद्युतले १५० प्रतिशत र बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।

१. लिबर्टी इनर्जी

लिबर्टी इनर्जीले १ः०.५ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद निष्कासन गर्न भदाै २१ गते सेबाेनमा निवेदन दिएकाे हाे ।  कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। 

२. ङादी ग्रुप पावर

ङादी ग्रुप पावरले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद निष्कासन गर्न भदाै २१ गते सेबाेनमा निवेदन दिएकाे हाे ।  कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। 

३. बरुण हाइड्रोपावर

बरुण हाइड्रोपावरले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख ५८ हजार १५० कित्ता  हकप्रद निष्कासन गर्न भदाै २२ गते सेबाेनमा निवेदन दिएकाे हाे ।  कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट रहेको छ। 

४. आँखुखाेला जलविद्युत

आँखुखाेला जलविद्युतले १ः१.५ अनुपातमा अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० कित्ता हकप्रद निष्कासन गर्न भदाै २१ गते सेबाेनमा निवेदन दिएकाे हाे ।  कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको