Like us!
Follow us!
Connect us!
Watch us!

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

अर्थ संसार

मंगलबार, २६ भदौ २०८०, ०५ : ४९ मा प्रकाशित

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।
 
उनको मंगलबार राति साढे १ बजे हृदयघातबाट निधन भएको अस्पताल स्रोतले बतायो। उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा अस्पतालले गरेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

नेम्वाङ एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता थिए। २०५१ मा राज्यमन्त्री र मन्त्री बनेका उनी दुवै संविधान सभाका अध्यक्ष रहेका थिए ।  २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको