हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ ।
उनको मंगलबार राति साढे १ बजे हृदयघातबाट निधन भएको अस्पताल स्रोतले बतायो। उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा अस्पतालले गरेको थियो ।
नेम्वाङ एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता थिए। २०५१ मा राज्यमन्त्री र मन्त्री बनेका उनी दुवै संविधान सभाका अध्यक्ष रहेका थिए । २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस