Like us!
Follow us!
Connect us!
Watch us!

२०६ रुपैयाँमा बिक्री भएकाे माण्डु हाइड्रोको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

मंगलबार, २६ भदौ २०८०, १३ : ३७ मा प्रकाशित

२०६ रुपैयाँमा बिक्री भएकाे माण्डु हाइड्रोको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १० गतेदेखि भदाै १३ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भदाै २४ गते, आइतबार नै सम्पन्न भइसकेकाे छ ।  

कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १२४ रूपैयाँ ४२ पैसादेखि अधिकतम ३ सय ७३ रुपैयाँ २६ पैसा ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । 

कम्पनीकाे आर्थिक वर्ष २०७८/७९ को प्रतिसेयर नेटवर्थ १२४ रूपैयाँ ४२ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३ सय ७३ रुपैयाँ २६ पैसा हुन्छ ।

माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १० गतेदेखि भदाै १३ गतेसम्म सर्वसाधारणलाई १२ लाख ५ हजार ३ सय २० कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो । 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म कुल १० लाख १६ हजार ७ सय १४ जना लगानीकर्ताहरूले आवेदन दिएका थिए । जसमध्ये,  ८ लाख ७२ हजार ८ सय ३७ जना लगानीकर्ताहरूकाे आवेदन मात्रै योग्य रहेकाे थियाे । मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा १ लाख २० हजार ५ सय ३२ जना लगानीकर्ताहरूले मात्रै १० कित्ता सेयर हात पारेका छन् ।  । बाँकीको भने हात खाली भएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको