Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको साधारण सभा आवहान, लाभांस प्रस्ताव पारित मुख्य एजेण्डा

अर्थ संसार

बुधबार, २७ भदौ २०८०, ०७ : १८ मा प्रकाशित

माछापुच्छ्रे बैंकको साधारण सभा आवहान, लाभांस प्रस्ताव पारित मुख्य एजेण्डा

माछापुच्छ्रे बैंक लिमिटेडले  वार्षिक साधारण सभा बोलाएको छ।  बैंकले असोज १८ गते, बिहीबार होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा वार्षिक साधारण सभा बोलाएको हो। 

यो बैंकको २५ औँ वार्षिक साधारण सभा रहेको छ।  सभा उक्त दिने बिहान ११ बजे शुरु हुने बैंकले जानकारी दिएको छ ।

सभामा गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश पारित गर्न मुख्य एजेण्डा रहेको छ। बैंकले अगाडी नै घोषणा गरिसकेको १३.३० प्रतिशतका दरले हुने आउने १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशतका दरले हुन आउने ७ करोड १८ लाख ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित राखेको छ। 

तेस्तै सभामा बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि रहेका छन्। 

बैंकले साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते बुकक्लोज तय गरेको छ। जस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्नेछन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको