Like us!
Follow us!
Connect us!
Watch us!

चिरख्वा हाइड्रोकाे आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

अर्थ संसार

बुधबार, २७ भदौ २०८०, १३ : १३ मा प्रकाशित

चिरख्वा हाइड्रोकाे आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले साउन २८ गतेदेखि भदौ १० गतेसम्म  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेकाे आईपीओ बाँडफाँड गरिएकाे छ । उक्त आईपीओ हिजाे भदाै २६ गते, मंगलबार बाँडफाँड गरिएकाे निष्कासन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएकाे छ ।

कम्पनीले पहिलाे चरणमा जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता आईपीओ आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरुका लागि र सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँ बराबरको  ८० हजार कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेकाे थियाे ।

कम्पनीले निष्कासन अवधिमा रितपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानून बमोजिम कम्पनीको ८० हजार कित्ता आईपीओ हिजाे भदाै २६ गते, मंगलबार बाँडफाँड गरिएको जानकारी दिएकाे छ ।

आईपीओकाे नतिजा निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइट: www.rbbmbl.com.np अथवा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेभसाईट www. iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको