Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकले गर्यो आकर्षक लाभांस घोषणा, सेयरधनीले बोनस र नगद दुबै पाउने

अर्थ संसार

विहीबार, २८ भदौ २०८०, ०६ : ५५ मा प्रकाशित

एभरेष्ट बैंकले गर्यो आकर्षक लाभांस घोषणा, सेयरधनीले बोनस र नगद दुबै पाउने

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर सहित १०।५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

हालको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार ४३६ रुपैयाँ छ । अब बैंकले १ अर्ब ६ करोड ९८ लाख ९ हजार ४४३ रुपैयाँ बराबरको बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजन सहित १ अर्ब १२ करोड ६५ लाख ९ हजार ३४४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँ रुपेयाँ पुग्नेछ । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट निर्णय भई बैंकको  साधारण सभामा स्वीकृतिपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

65025e37bde73.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको