सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ १५ देखि भदौ १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओ आज बिहिबार भदाै २८ गते बाँडफाँड हुने भएकाे छ । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओ आज भदौ २८ गते बिहिबार दिउँसो २ बजे बाँडफाँड गरिन्छ ।
कम्पनीले सर्वसाधारणका लागि १०० रूपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी कुल २४४ रुपैयाँमा आईपीओ बिक्री गरेकाे थियाे । सर्वसाधारणका लागि ९० लाख कित्ता छुट्याइएकाे थियाे ।
याे आईपीओमा अन्तिम दिनसम्म १५ लाख १० हजार ६ सय ९३ जना लगानीकर्ताहरूले कुल १ करोड ६७ लाख ९० हजार १ सय ८० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा १.८६ गुणा बढी आवेदन हाे ।
मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिन्छ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ९ लाख जना लगानीकर्ताहरूले मात्रै सेयर हात पार्नेछन् । बाँकी ६ लाख बढी लगानीकर्ताहरूको भने हात खाली हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस