नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले FZ-S FI V3 को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ । यो विशेष मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध हुनेछ ।
नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिश तत्व थपेको छ। FZ-S FI V ३.० उत्कृष्ट ह्यान्डलिंग र मस्कुलर डिजाइनका लागि प्रतिष्ठित छ ।
फ्युल इन्जेक्शन १४९ सीसी सहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित FZ-S FI भर्सन ३.० मा एयर-कूल्ड फोर-स्ट्रोक १४९ cc SOHC, दुई-भल्भ, एकल-सिलिन्डर ईन्धन-इन्जेक्टेड इन्जिन माउन्ट गरिएको छ, जुन रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाईलो अनुभूतिलाई थप रोमान्चक गर्न अद्यावधिक गरिएको छ। यसबाहेक, यो मोटरसाइकल डुअल डिस्क ब्रेक र अगाडि एकल च्यानल एबीएसले सुसज्जित छ।
एमएडब्लू ईन्टरप्राइजेज, टू व्हिलर डिभिजनका सीईओ राजु क्षेत्रीले भने, "FZ-S V3 धेरै मोटरसाइकल प्रेमीहरूको मनमा बस्न सफल मोडेल हो । त्यसैले हामी यसको नयाँ रङ विकल्पहरू, नेभी ब्लू र मेटालिक ग्रे तथा राइडिङको अनुभव बढाउने रोमाञ्चक अपडेटहरू सहितको नयाँ भेरियन्ट सार्वजनिक गर्न पाउँदा हर्षित छौं । नयाँ डिलक्स संस्करणले यामाहाको स्पोर्टीनेस, स्टाइल र उत्साहका विशेषताहरूलाई साँच्चै झल्काउने छ । यामाहा FZ-S ले सधैं आफ्नो दायरा फराकिलो पार्दै प्रदर्शन र शैलीको सन्दर्भमा उत्कृष्ट प्रदर्शन गर्ने गरेको छ । हामी नेपाली बजारमा यी अपडेटहरू ल्याउन पाउँदा अत्यन्त खुसी छौं । हाम्रा राइडरहरूले उत्कृष्ट देखिने मात्र नभई रमाइलो राइडिङको अनुभव पनि प्रदान गर्ने छन् ।"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस