Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लघुवित्तको सेयर स्वामित्व परिमार्जन

अर्थ संसार

शुक्रबार, २९ भदौ २०८०, ११ : ०५ मा प्रकाशित

हिमालयन लघुवित्तको सेयर स्वामित्व परिमार्जन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर स्वामित्व परिमार्जन भएकाे छ ।

संस्थाले सेयर स्वामित्व परिमार्जन गर्दै संस्थापक समूहतर्फ ५१% र सर्वसाधारण समूहतर्फ ४९% कायम हुने गरी सेयर स्वामित्व परिमार्जन गरेकाे हाे । यसअघि कम्पनीका संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको थियो ।

हाल नेप्सेमा कम्पनीको कुल ३१ लाख ९८ हजार १ सय ८१ दशमलव ३०१८ कित्ता सेयर सूचीकृत रहेकाे छ । परिवर्तित सेयर संरचना अनुसार अब संस्थापक समूहको १६ लाख ३१ हजार ७२ दशमलव ४६३९ कित्ता र सर्वसाधारण समूहको १५ लाख ६७ हजार १ सय ८ दशमलव ८३७९ कित्ता कायम भएको छ । 

परिवर्तित सेयर संरचना अनुसार दुवै समूहको सेयर सूचीकृत गरिएको नेप्सेले जानकारी दिएकाे छ । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको