Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लघुवित्तकाे वित्तीय चिरफार : नाफा घट्दा ईपीएसमा समेत भारी गिरावट

अर्थ संसार

मंगलबार, १६ साउन २०८०, ११ : ५६ मा प्रकाशित

हिमालयन लघुवित्तकाे वित्तीय चिरफार : नाफा घट्दा ईपीएसमा समेत भारी गिरावट

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (साविककाे सिभिल लघुवित्त) ले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

नाफा

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म संस्थाकाे खुद नाफा १ करोड ५३ लाख ७० हजार रुपैयाँमा सिमित भएको छ । यो नाफा रकम अघिल्लाे वर्षको सोही अवधिको तुलनामा ७८.५० प्रतिशतले थाेरै हाे । अघिल्लाे वर्षको यसै अवधिमा संस्थाले ७ करोड १४ लाख ९३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

व्याज आम्दानी

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि २४.५२ प्रतिशतले घटेर २० करोड २३ लाख ५२ हजार रूपैयाँमा सिमित भएकाे छ । अघिल्लाे वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी २६ करोड ८० लाख ९१ हजार रूपैयाँ रहेकाे थियाे ।

सञ्चालन मुनाफा

चाैथाे त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ७९.०४ प्रतिशतले घटेर २ करोड १९ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लाे वर्ष संस्थाले १० कराेड ४९ लाख ७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

चुक्ता पुँजी

संस्थाको चुक्ता पुँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ रहेकाे छ ।

जगेडा कोष

जगेडा कोषमा ८ करोड ८० लाख ४५ हजार रुपैयाँ सञ्चित रहेको छ ।

खराब कर्जा

खराब कर्जा ०.९० प्रतिशतले बढेर २.३७ प्रतिशत पुगेको छ ।

प्रतिसेयर आम्दानी

संस्थाकाे वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँले घटेर ४ रुपैयाँ ८१ पैैसामा सिमित भएकाे छ ।

प्रतिसेयर नेटवर्थ

संस्थाकाे प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा रहेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको