Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लघुवित्त वित्तीय देखिन्छ नाफा मै तर सूचकमा भने पहिरो

अर्थ संसार

मंगलबार, २३ माघ २०८०, ०८ : ५४ मा प्रकाशित

हिमालयन लघुवित्त वित्तीय देखिन्छ नाफा मै तर सूचकमा भने पहिरो

हिमालयन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

खुद नाफा 
यस आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले  ५२ लाख ५८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थाको नाफामा ६०.७१ प्रतिशतको गिरावट आएको देखिन्छ। 

नाफा घटाएपनि खुद ब्याज आम्दानी भने बढेको देखिन्छ 

खुद नाफामा गिरावट आएपनि कम्पनीले समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि ११.१५ प्रतिशतले बढाएको देखिन्छ। पहिलो छ महिनामा कम्पनीले ११ करोड ७२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ।  गत आर्थिक वर्ष सम्म खुद ब्याज आम्दानी १० करोड ५५ लाख रुपैयाँमा सीमित थियो।

सञ्चालन मुनाफा घट्यो 

यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाले ७५ लाख ११ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्ष संस्थाले यही अवधिसम्म १ करोड ९१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।

अन्य सञ्चालन खर्च

संस्थाको अन्य सञ्चालन खर्च बढाएको छ । संस्थाको सञ्चालन खर्च ३ करोड ४५ लाख रुपैयाँ रहेको देखिन्छ। जुन  ४.२६ प्रतिशतले बढको हो। 

खराब कर्जा अनुपात (एनपीएल)

कम्पनीले समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.५९ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको यही अवधिसम्म संस्थाको एनपीएल २.९३ प्रतिशत थियो। 

इम्पेयरमेन्ट चार्ज घटाउन सफल

संस्थाले आफ्नो इम्पेयरमेन्ट चार्ज घटाउन सफल भएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड ३५ लाख रुपैयाँ रहेको संस्थाको इम्प्येरमेन्ट चार्ज घटेर ७८ लाख ३१ हजार रुपैयाँ चार्जका रुपमा छुट्याएको छ। 

निक्षेप संकलन तथा कर्जा परिचालन 

संस्थाले पहिलो छ महिनामा २ अर्ब ९९ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ३९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ३ अर्ब १७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी
३१ करोड ९८ लाख रुपैयाँ

रिजर्भ
११ करोड ८२ लाख रुपैयाँ (अघिल्लो आर्थिक वर्षमा ९ करोड २४ लाख रुपैयाँ थियो )

प्रति सेयर आम्दानी (ईपीएस)
 ३.२९ रुपैयाँमा (अघिल्लो वर्ष ईपीएस ९.२९ रुपैयाँ थियो,६४.५८ प्रतिशतले घट्यो)

पीई रेसियो
 १८५.७९ गुणा

प्रतिसेयर नेटवर्थ
१२५.६२ रुपैयाँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको